दसैं तिहारभरि डिजिटल वालेटमा दैनिक ३० पटकसम्म रकम जम्मा गर्न सकिने

Digital Wallet Deposit Limit Increased
Share It On:

२६ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ ।

Digital Wallet Deposit Limit Increased for Dashain Tihar

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने संख्या बढाएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एकीकृत निर्देशन जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको जनाएको हो ।  दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ ।

दसैं, तिहार र छठ पर्वमा वालेटमा अब ३० पटकसम्म रकम जम्मा गर्न सकिने भएको छ। प्रकृतिक व्यक्तिको लागि यस्तो सुविधा दिइएकोले संस्थाहरूले यस्तो सुविधा पाउँदैनन्। मंगलबार बैंकले एक सर्कुलर जारी गर्दै दसैंको लागि असोज २१ गतेदेखि कात्तिक एक गतेसम्म र तिहार तथा छठको लागि कात्तिक १५ गतेदेखि २२ गते सम्मको लागि यस्तो सुविधा दिइएको हो।

चाडवाड सकिएपछि पुर्ववत व्यवस्था नै लागु हुनेछ । अन्य दिनमा भने दैनिक १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले यस पटक डिजिटल कारोबार बढाउने उदेश्यले नयाँ नोट सटहीलाई नगरेर सुकिला नोट सटही मात्र गरिरहेको छ । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।

For More:-Digital Wallet Deposit Limit Increased for Dashain Tihar


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *