सनराइज बैंकद्वारा जुम्लाबाट डिजिटल वित्तीय साक्षरता कार्यक्रम सुरु

Digital Financial Literacy in Jumla
Share It On:

१९ पुस २०७९, काठमाडौं।

सनराइज बैंकद्वारा जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उ मनोज धिमिरे, ब्राण्ड व्यवस्थापन तथा सि.एस.आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देबकोटाको उपस्थितीमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो ।

सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानिय जनताको सहभागिता रहेको थियो ।

अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवद्र्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरुवात जुम्लाबाट गरेको हो ।

डेबिट /क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मिस्डकल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, क्यूआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ्ग कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो ।

सनराइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts