भाटभटेनीमा नेपाल पे क्यूआरमा डिजिटल दशैं अफर सार्वजनिक
१३ असोज २०८२, काठमाडौं।
भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा NEPALPAY QR को सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं” अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकहरुले भाटभटेनीमा किनमेल गर्दा NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्दा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले भाटभटेनीको प्रत्येक आउटलेटमा TVS Jupiter स्कुटर जित्न सक्नेछन् भने बम्पर अफरमा एक जना भाग्यशाली विजेताले लक्की ड्र मार्फत Tata Punch EV जित्न सक्नेछन् ।
यही असोज ६ गतेबाट पुष १७ गते सम्म भाटभटेनीमा NEPALPAY QR मार्फत किनमेल गर्ने सबै ग्राहकहरु प्रत्येक आउटलेटबाट एक एक थान स्कुटर जित्नका लागि योग्य हुनेछन् भने असोज ६ गतेबाट फागुण ३० गतेसम्म NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरु Tata Punch EV गाडी जित्नका लागि योग्य हुनेछन् ।
स्कुटर तथा गाडीका विजेताहरु भाटभटेनीले हिमालयन बैंक र एनसीएचएलको सहकार्यमा अनलाइन लक्की ड्र मार्फत छनोट गर्नेछ ।
चाडपर्वको अवसरलाई लक्षित गरिएको यस योजनाले दशैँको किनमेललाई थप लाभदायक बनाउने विश्वास लिइएको छ । NEPALPAY QR हाल देशभरका ५२ वटा बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग एप, डिजिटल वालेट, connectIPS तथा Alipay+ नेटवर्कबाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।
बैंक वित्तीय संस्थाहरु तथा पीएसपीहरु मार्फत हालसम्म १० लााख भन्दा बढि मर्चेन्टहरु NEPALPAY QR मा आवद्ध भइसकेका छन् ।
भाटभटेनी सुपरमार्केट देश भरी २७ बढि शाखा भएको देशको सबै भन्दा ठूलो रिटेल चेन स्टोर हो । यहाँ दिनहुँ चाहिने सामग्रीका साथै लुगाफाटो, इलेक्ट्रोनिक्स लगायतका सम्पूर्ण सामानहरु एकै छाना मुनि खरिद गर्न सकिन्छ ।
भाटभटेनी सुपरमार्केटले दैनिक किनमेलको आवश्यकता पूरा गर्नुका साथै फराकिलो र व्यवस्थित लेआउटका साथ किनमेलको अनुभवलाई आधुनिक र सहज बनाउँदछ ।
हिमालयन बैंक लिमिटेड NEPALPAY QR को सबै भन्दा धेरै भुक्तानी कारोबार गर्ने बैंक हो । आफ्ना विभिन्न डिजिटल भुक्तानीका माध्यमहरुका साथै हिमालयन बैंकले आफ्ना ८५०० भन्दा बढि पिओएस र २८६ एटिएमहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
हिमालयन बैंक भिसा, मास्टरकार्ड, युनियपे, डिस्कभर तथा एमेक्स लगायतका सबै अन्तरराष्ट्रिय कार्ड स्कीम सञ्चालन गर्ने एक मात्र नेपाली बैंक हो । यसका नेपाल भरी १७४ शाखाहरु रहेका छन् ।
For more: Digital Dashain Offer 2082