आज विकास समिति बैठक : कृषि मन्त्रीसँग कोप ३०को समिक्षा
१४ मंसिर, काठमाडौं ।
आज राष्ट्रिय सभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो ।
Advertisement
आजको बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ ।
बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय सम्झौताको कार्यान्वयनको अवस्था प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)’ को समिक्षा गर्ने कार्यसूचीमा तय गरिएको छ ।

