७ वैशाख, काठमाडौं।
आईटी ग्लोबल प्रा.लि. र डेल टेक्नोलोजीको सहकार्यमा डेटा स्टोरेज तथा संरक्षण समाधानबारे केन्द्रित एक जानकारीमूलक कार्यक्रम राजधानीमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैंकिङ तथा वित्तीय संस्था (BFIS), सरकारी तथा निजी क्षेत्रका विज्ञहरूको सहभागीता रहेको थियो। उनीहरूलाई डेटा व्यवस्थापन, सुरक्षा, तथा डिजास्टर रिकभरीका नवीनतम प्रविधिबारे जानकारी प्रदान गरिएको थियो।
डेल टेक्नोलोजीका विशेषज्ञहरू बर्नार्ड खो (टेरीटोरी डेभलपमेन्ट म्यानेजर – नेपाल), स्यनम चन (सेल्स एक्जिक्युटिभ – NetTan) र वेंकटेश रमण (कस्टमर एक्सपेरियन्स इन्जिनियर) ले स्टोरेज र डेटा संरक्षणसम्बन्धी समाधानहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा डेटा डेडुप्लिकेसन, स्टोरेज लागत घटाउने उपाय, र डेटा दक्षता वृद्धि गर्ने विधिबारे सहभागीहरूलाई जानकारी दिइएको थियो।
डिजास्टर रिकभरी रणनीति कार्यक्रमको अर्को मुख्य आकर्षण थियो। Immutable copy र air-gapped solution जस्ता प्रविधिहरूले र्यान्समवेयर तथा अन्य साइबर आक्रमणबाट सुरक्षित रहन सकिने उपायबारे प्रस्ट पारिएको थियो। यसले संस्थाहरूलाई छिटो र सुरक्षित रूपमा डेटा रिकभरी गर्न सघाउ पुर्याउने बताइएको छ।
कार्यक्रमका मुख्य बुँदाहरू:
डेटा डेडुप्लिकेसन: अनावश्यक डेटा हटाई स्टोरेजलाई प्रभावकारी बनाउने उपाय।
साइबर डिजास्टर रिकभरी: Immutable र Air-gapped समाधानमार्फत डेटा सुरक्षामा बलियो योगदान।
क्षेत्रअनुसार अनुकूल समाधान: BFI, सरकारी र निजी संस्थाको आवश्यकताअनुसार समाधान प्रस्तुत।
आईटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (CEO) सुवास मण्डलले भने, “आजको डिजिटल युगमा डेटा सुरक्षा र डिजास्टर रिकभरीको महत्त्व अत्यन्तै बढेको छ। डेल टेक्नोलोजीसँगको हाम्रो सहकार्यले यस क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्ने विश्वास छ।”
कार्यक्रमले सहभागीहरूबीच नेटवर्किङ तथा सहकार्यलाई समेत प्रोत्साहन गरेको आयोजकले जनाएको छ।
For more: Dell & IT Global Solutions