१७ मंसिर, काठमाडौँ।
“नेपालमा प्रिमियम ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको ‘सोनु निगम लाइभइन नेपाल’ कन्सर्टमा मुख्य प्रायोजकको रुपमा सहभागिता जनाउँदै कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्दैछ। कन्सर्ट पुस १० गते हायात् ग्राउन्डमा आयोजना हुनेछ।”
Deepal brings Sonu Nigam Live
छोटो समयमै नेपालमा निकै लोकप्रिय बनेको प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड दिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ ।
कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभइन नेपाल’मा मुख्यप्रायोजक बन्ने घोषणा गरेको हो ।
नेपाली टचइभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा दिपलको सहभागितालाई औपचारिकता दिन सोमबार एमएडब्लू वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टचइभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा नेपाली मनोरञ्जन जगतका परिचित व्यक्तित्व तथा दिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभइन नेपालको मुख्यप्रायोजका रुपमा दिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए । उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने दिपलको उद्देश्यमा रहेर नेपाली स्रोता माझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए ।
त्यसैगरी नेपाली टचइभेन्ट्सका राज गोस्वानीले दिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जन बीचको समन्वयको प्रमाण रहेको बताए ।
बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीत संगीतबाट भरपुर मजादिने अपेक्षा दिपलले गरेको छ । यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ ।
For more: Deepal brings Sonu Nigam Live