४ भदौ, काठमाडौं ।
नेपालकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपाल ले ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ आयोजना गरेको छ। ‘ह्याप्पि सेलिंग’ भन्ने नारासहित साउन ३० गते आयोजना भएको कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा विक्रेताहरूको अनुभव सहज बनाउन, उनीहरूको पहिचान एकीकृत गर्न, संलग्नता गहिरो बनाउन र व्यापारलाई सबल बनाउन आवश्यक स्रोतहरू प्रदान गरिएको थियो। दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवर ले विक्रेताहरूको योगदानलाई दराजको सफलताको प्रमुख आधार भन्दै स्थानीय साना तथा मझौला उद्यम (SME) व्यवसायलाई सक्षम बनाउन र डिजिटल उपकरण उपलब्ध गराउनको लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मान गरिएको थियो। यस वर्षको पुरस्कार विजेताहरूमा वान प्लस, त्रीकाया, स्मार्ट च्वाइस एनपी, ग्लेन नेपाल, श्रृष्टि सुनुवार, लगायतका प्रतिष्ठित नामहरू रहेका छन्।
दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रूपमा प्रस्तुत गरेको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
For More:-Daraz Nepal Seller Summit