दराज एक्सप्रेसद्वारा नेपालका नन–प्ल्याटफर्म ब्रान्ड तथा विक्रेताहरुलाई सशक्त बनाउने उद्देश्यका साथ नयाँ सुविधा, ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक
१४ कात्तिक २०८२, काठमाडौं ।
दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो ।
यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उहाँहरूलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ ।
बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो ।
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट DEX स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ ।
यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पुर्याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित DEX ले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ ।
यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणका रुपमा DEX लाई प्राप्त ४.६/५ ग्राहक मूल्याङ्कन लाई लिन सकिन्छ ।
हालसम्म DEX ले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ ।
यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’ को प्रतिबद्धता झल्काउँछ ।
DEX ले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्याशफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको छ । यस अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी रकम सेटलमेन्टको सुविधा मिल्नेछ ।
यसले उहाँहरूलाई तत्काल पुनः लगानी गर्ने सहज वातावरणको सुनिश्चितता प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर DEX ले व्यवसायीहरुको जोखिम घटाउँदै बढी आम्दानी गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
“DEXले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,” दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने, “ठूला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होऊन् वा तिव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरु, DEX ले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ ।
हाम्रो उद्देश्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्र्नु हो।”
यस समाधानमार्फत DEX ले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने उद्देश्यलाई अझ सबल बनाएको छ ।
दराज गु्रपका बारेमा
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ ।
ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
दराज एक्सप्रेस बारे
दराज एक्सप्रेस (DEX) दराजको स्वामित्वमा रहेको लजिस्टिक इकाई हो । यसले नेपाल, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्कामा एन्ड–टु–एन्ड वितरण, वेयर हाउजिङ र फुलफिलमेन्ट समाधान प्रदान गर्छ ।
गति, पारदर्शिता र ग्राहक सन्तुष्टिमा केन्द्रित DEX ले हरेक महिनामा लाखौं डेलिभरी पूरा गर्दै प्रविधि र सञ्चालन दक्षतामा निरन्तर सुधार प्रस्तुत गरिरहेको छ ।
For more: Daraz Express Last-Mile Logistics Solution

 
                                                                    
 
                                                                     
                                                                    