२३ साउन, काठमाडौं।
नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दराज नेपालले आज (अगस्ट ८) बाट आफ्नो प्रतिक्षित ‘८.८ डिल्स हेरेको हेराई’ बिक्री महोत्सव सुरु गरेको छ।
साउन २३ देखि २९ (अगस्ट ८ देखि १४, २०२५) सम्म चल्ने यो अनलाइन किनमेल महोत्सवले उपभोक्ताहरूलाई आकर्षक छुट, भाउ कटौती कुपन, र विशेष अफरहरूको साथ स्वागत गर्नेछ।
छुट र कुपनको वर्षा
यो बिक्री महोत्सवमा उपभोक्ताहरूले ६० प्रतिशतसम्मको छुट पाउनेछन्। साथै, रु. १.१ करोड बराबरका कुपन उपलब्ध हुनेछन्, जसले थप बचतको अवसर दिनेछ।
न्यूनतम खरिदमा निशुल्क डेलिभरी
चयनित विक्रेताबाट खरिद गर्दा न्यूनतम रु. ४९९ खर्च गरेपछि उपभोक्ताले निशुल्क डेलिभरीको सुविधा पाउनेछन्। यसको लागि दराज एपको होमपेजमा रहेको ‘Free Delivery’ ब्यानर हेरी, सो पृष्ठबाट कुपन संकलन गर्नुपर्नेछ।
दैनिक फ्ल्यास सेल र बेस्ट प्राइस ग्यारेन्टी
महोत्सव अवधिभर दराजले दैनिक फ्ल्यास सेलमार्फत शीर्ष ब्रान्ड जस्तै Cetaphil, Astawolf, Nike, र Bles Online का उत्पादनहरूमा विशेष मूल्य उपलब्ध गराउनेछ।
यी अफरहरू दैनिक अपडेट हुने भएकाले उपभोक्ताहरूलाई समयमै जाँच गर्न सुझाव दिइएको छ।
यस महोत्सवमा दराजले ‘Best Price Guaranteed’ योजना पनि ल्याएको छ। यदि उपभोक्ताले सोही उत्पादन अरू कुनै नेपाली अनलाइन प्लेटफर्ममा सस्तोमा भेटे भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ (#निर्दिष्ट_मापदण्ड_पूरा_भएमा)।
विविध उत्पादनहरू एकै ठाउँमा
यो सेलमा स्वास्थ्य र सौन्दर्य, फेसन, होम डेकोर, अडियो ग्याजेट, वेयरएबल्स, फर्निचर लगायतका विभिन्न कोटीका हजारौं उत्पादनहरू उपलब्ध हुनेछन्।
दराज ग्रुपको बारेमा
सन् २०१५ मा स्थापना भएको दराज दक्षिण एसियाको अग्रणी ई–कमर्श प्लेटफर्म हो, जसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा सेवा पुर्याउँछ। अलीबाबा ग्रुपको अंशदार कम्पनीका रूपमा, दराजले आधुनिक बजार प्रविधिमार्फत विक्रेता र उपभोक्तालाई जोड्ने, ई–कमर्श, रसद (Daraz Express – DEX), भुक्तानी र वित्तीय सेवामा एकीकृत संरचना प्रदान गर्ने लक्ष्य लिएको छ।
थप जानकारीका लागि: Daraz Deals Hereko Herai