दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा : आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्ने सुवर्ण अवसर !
२३ असोज २०८२, काठमाडौं ।
देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ ।
पहिलोपटक, यो सेल अक्टोबर ९ (असोज २३)को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ ।
यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ ।
दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ ।
तिहारको तयारीमा व्यस्त होइने यस समयमा, उपभोक्ताहरूले महोत्सव अवधिभर उपलब्ध हुने दैनिक फ्ल्याश सेल, विशेष अफरहरू, र आकर्षत मूल्य मार्फत हरेक दिन नयाँ सौगात प्राप्त गर्न सक्नु हुनेछ । महोत्सव अवधिभर १०.१० लाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ यस वर्षको प्ल्याटिनम पार्टर ब्रान्डहरू सिताफिल र रोह्टोले ४०% सम्म छुट प्रदान गर्दैछन् भने गोल्ड पार्टनरहरू एईविबी, ब्राण्डहाउस र मारिकोले ६०% सम्मको उत्सवमय बचत उपलब्ध गराउने बताइएको छ ।
यसै क्रममा, दराजले आफ्को विशेष ब्रान्ड गन्तव्य, दराजमलमार्फत उपभोक्तालाई १००% असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यसमा उपलब्ध गरिएका कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टि दिने व्यवस्था गरेको छ ।
दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका अग्रणी ब्रान्डहरूका उत्पादनहरूमा विशेष छुटसहित निश्चिन्तताको प्रत्याभुती पाउनेछन् ।
तिहारलाई नयाँ लुगा, नयाँ शैली र नयाँ सुरुवातको उत्कृष्ट अवसरका रूपमा पनि लिइन्छ । यसै कुरालाई विशेष दृष्टिगत गर्दै दराजले यस तिहारमा फेशनलाई अझ ब्यापक बनाउँदै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता अग्रणी फेसन ब्रान्डहरूमा ५०% वा सोभन्दा बढी छुट उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।
उपभोक्ताहरु माझ विशेष लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई पनि दराजले निरन्तरता दिनेछ । चुनिएका उत्पादनहरुमा न्यूनतम रु. ४९९को खरिद गर्दा उपभोक्ताहरुले निःशुल्क होम डेलिभरी सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
यस सुविधाको लाभ उठाउनका लागि भने ग्राहकहरूले दराज एपको होमपेजमा रहेको “फ्रि डेलिभरी” ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर संकलन गर्नुपर्ने हुन्छ ।
अत्यधिक छुट, दैनिक फ्ल्याश सेल, बैंक अफर र सीमित समयका मेगा डिलहरू प्रदान गर्दै तिहार महोत्सव मार्फत आफ्ना उपभोक्तालाई यस वर्षकै सर्वाधिक फाइदाजनक अनलाइन किनमेल अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।
दराज नेपालले सम्पूर्ण उपभोक्तालाई यस तिहारमा “आकर्षक अफरहरू र अत्यधिक बचत मार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभव का साथ हर्षोल्लासमय तरिकाले किनमेल अनुभव लिनका लागि सबैलाई हार्दिक आमन्त्रण गरेको छ ।
दराज गु्रपका बारेमा
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ ।
ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।
For more: Daraz 10.10 Tihar Mahotsav 2082