९ भदौ, काठमाडौं ।
नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक यसोदा फुड्सले काठमाडौंको शंखमूलमा आफ्नो तेस्रो ‘करेन्ट पोइन्ट’ आउटलेट सञ्चालनमा ल्याएको छ।
यसअघि बुटवल र अनामनगरमा रहेका दुई आउटलेटले पाएको अपार सफलतापछि कम्पनीले राजधानीमा आफ्नो पहुँच विस्तार गरेको हो।
नारीहरूको महान् पर्व हरितालिका तीजको ‘दर खाने दिन’ को शुभ अवसर पारेर उद्घाटन गरिएको यो नयाँ आउटलेट शंखमूलस्थित बिग मार्ट नजिकै रहेको छ। कम्पनीले काठमाडौंवासीलाई नयाँ र फरक स्वादको अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
नयाँ आउटलेटमा ग्राहकहरूका लागि विशेष गरी युवा वर्गलाई लक्षित गरी विभिन्न नयाँ परिकारहरू पनि समावेश गरिएको छ।
यहाँ उपलब्ध हुने परिकारहरूमा नूजा (Noodles Soup), यम्मी स्लर्प (Spicy Mixed Noodles), क्रिस्पी रोल्स र चिज पकेट जस्ता आकर्षक स्वादका परिकारहरू रहेका छन्। ग्राहकहरूले आफ्नो रुचि र स्वादअनुसार मसला छनोट गरी परिकार बनाउन सक्ने सुविधा पनि उपलब्ध हुनेछ।
उद्घाटन समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा पाएको सफलताले नै नयाँ शाखा खोल्न हौसला मिलेको बताए।
“हाम्रो लक्ष्य काठमाडौंमा नुडल्स मन पराउनेहरूका लागि शंखमूललाई अर्को प्रमुख गन्तव्य बनाउनु हो। हामी विश्वस्त छौँ कि यो नयाँ आउटलेटले हाम्रा उपभोक्ताको स्वादको तिर्खा मेट्नेछ,” उनले भने।
यसोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले पनि कम्पनीको उत्पादन र ‘करेन्ट पोइन्ट’ को अवधारणाबारे मिडियालाई जानकारी गराएका थिए।
सन् २०१७ मा स्थापित यसोदा फुड्स नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। ‘करेन्ट’ ब्रान्डअन्तर्गत हट एन्ड स्पाइसी नुडल्सका साथै चिज बल्स, स्टिक्स, र पोट्याटो क्र्याकर्स जस्ता स्न्याक्स पनि यसले उत्पादन गर्दै आएको छ।
कम्पनीले हाल आफ्ना उत्पादनहरू २२ भन्दा बढी देशहरूमा निर्यात गरी नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा पनि चिनाउँदै आएको छ।
यो नयाँ आउटलेटले विशेष गरी पिरो र चटपटा स्वाद मन पराउने युवाहरूमाझ थप लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ।
For more: करेन्ट पोइन्ट शंखमूल