गल्र्स इन आईसीटि ह्ययाकाथोन पोखरामा चल्दै
काठमाडौं, वैशाख १०
सुचना प्रविधिमा महिला सहभागीता वृद्धि गराउने उदेश्यले सिएस आइटि एसोसिएसन अफ नेपालले नेपाल दुर सञ्चार प्रधिकरणको सहकार्यमा गल्र्स इन आइसीटि ह्ययाकाथोन यहि वैशाख ९ र १० गते पोखरामा सम्पन्न गर्न गइरहेको छ । सिएसआइटि एसोसिएसन अफ नेपाल एक विएस्सी सिएसआइटि अध्ययन गरिरहेको विध्यार्थीहरुको संस्था हो । सुचना प्रविधिको वढ्दो माग र प्रयोगलाई मध्यनजर गर्दै महिलाहरुलाई सुचना प्रविधि तर्फ आर्कषीत गर्ने उदेश्यले यस कार्यक्रम सम्पन्न गर्न गईरहेको महासचिव सुदिप पौडेलले वताउनुभयो ।

ह्याकाथोन एक सुचना प्रविधि क्षेत्रमा निकै लोकप्रिय प्रतियोगिता मानिन्छ । यस प्रतियोगीमा सहभागीले निर्धारित समयमा कुनै एप वा सुचना प्रविधि सम्वन्धि प्रोडक्ट निमार्ण गर्नु पर्ने हुन्छ र जसवाट उत्कृष्ट प्रोडक्ट यस प्रतियोगीताको विजेता हुनेछन् । यस गल्र्स इन आइसिटि ह्याकाथोनको मुख्य थेम नै सुचना प्रविधिको माध्यमवाट लैङ्गिग समस्या समाधान गर्नु रहेको छ । पोखरा र देशभरिका सहरहरुवाट यस प्रतियोगितामा १० टिम सहभागी भएका छन् । उत्कृष्ट एक समुहलाई अन्तराष्ट्यि सुचना प्रविधि महिला दिवस अप्रिल २६ २०१९ मा सम्माननिय सुचना प्रविधि मन्त्रिवाट सम्मानित गरिने छ ।