६ असार, काठमाडौं ।
नेपालमा डिजिटल पेमेन्ट सिस्टम प्रवद्र्घनमा मुख्य भूमिका निर्वाह गर्दै आएको अग्रणी भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र डिजिटल पेमेन्ट तथा वित्तीय टेक्नोलोजी लिडर एण्ट इन्टरनेशनलले बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थितीमा नेपालको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले आज एक संयुक्त कार्यक्रमको आयोजना गरेको छ ।
Cross Border QR Tourism Payments
नेपालको पर्यटन क्षेत्रलाई थप प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरुको विशेष भुमिकालाई जोड दिँंदै आयोजना गरिएको सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित , नेपाल राष्ट्र बैंकका निर्देशक सुभाष चन्द्र घिमिरे, नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा नेपाल असोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमार मणी थपलिया, होटल असोसिएसन नेपालका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत , नेपाल पर्यटन बोर्डका निर्देशक सन्तोष पन्त, Alipay+ का Country Manager सिट्टिपोङ्ग किट्टिप्रापापोङ्ग, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, लगायत विभिन्न बैंक वित्तीय संस्था तथा पर्यटन क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
एनसीएचएल र एण्ट इन्टरनेश्नलले गत वर्ष कार्तिक महिनमा नेपालपे क्यूआर र Alipay+ बीच क्रस–बोर्डर भुक्तानीको शुरुवात गरेका थिए । उक्त क्रस–बोर्डर भुक्तानी अन्तर्गत १७ भन्दा बढि अन्तर्राष्ट्रिय डोमेस्टिक इ–वालेट तथा मोबाईल बैंकिङ्ग एप मार्फत नेपालमा नेपालपे क्यूआरको नेटवर्कमा रहेका १२ लाख भन्दा बढी मर्चेन्टहरुलाई भुक्तानी गर्न सकिने अवस्था रहेको छ ।
Alipay+ network मा आवस्थ Alipay, (चिनियाँ मेनल्याण्ड), AlipayHK (हङकङ एसएआर), Tinaba (इटाली), MPay (मकाओ एसएआर), Touch ‘n Go eWallet र पब्लिक बैंक बर्हाडको MyPB (मलेशिया), Hipay (मंगोलिया), GCash (फिलिपिन्स), Changi Pay र OCBC Digital (सिंगापुर), Naver Pay र Toss Pay (दक्षिण कोरिया), र TrueMoney (थाइल्याण्ड), BigPay (सिंगापुर, थाइल्याण्ड, मलेशिया) लगायतका पार्टनर एपबाट नेपालपे क्यूआर स्क्यान गरी क्रस बोर्डर भुक्तानी गर्न सकिन्छ ।
ऋाजको संयुक्त कार्यक्रममा नेपालको पर्यटनको प्रवद्र्धन र यसमा डिजिटाइजेसनको भूमिकालाई बृहत रुपमा छलफल गरिएको थियो । कार्यक्रममा सन्जिब सुब्बाज्यू द्वारा मोडरेसन गरिएको प्यानल डिस्कसनमा सुभाष चन्द्र घिमिरे, अनिल शर्मा, सन्तोष पन्त , सिट्टिपोङ्ग किट्टिप्रापापोङ्ग तथा निलेश मान सिंह प्रधान लगायतका प्यानलिस्टद्वारा नेपालको डोमेस्टिक पर्यटनलाई थप प्रवद्र्धन गर्नका साथै डिजिटल ईकोनोमी विकासमा विशेष टेवा पुर्याउने डिजिटल भुक्तानीका माध्यमहरुको भूमिका तथा यसबाट अन्तर्राष्ट्रिय पर्यटकहरु तथा स्थानीय मर्चेन्टहरुलाई पुग्ने फाइदा लगायतका विषयमा विशेष छलफल गरिएको थियो ।
एनसीएचएलको बारेमा
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरुले विभिन्न राष्ट्रिय भुक्तानी सिस्टम कार्यान्वयन र सञ्चालन गर्ने उद्देश्य सहित स्थापना भएको कम्पनी हो । हालएनसीएचएलले इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्टआरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस (ओपन एपीआई प्ल्याटफर्म), कनेक्टआईपीएस (फास्टर पेमेन्ट सिस्टम तथा गेटवे) र कर्पोरेटपे (बी टु बी पेमेन्ट च्यानल), डोमेस्टिक कार्ड स्कीम लगायतका विभिन्न डिजिटल पेमेन्ट पूर्वाधार स्थापना गरी सेवा प्रदानगर्दै आइरहेको छ ।
NEPALPAY QR को बारेमा
NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत QR भुक्तानीलाई इसुइङ्ग, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले NEPALPAY QR मा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एपतथा कनेक्टआइपीएसबाट NEPALPAY QR मा सहजै भुक्तानी गर्न सक्छन् ।
एण्ट इन्टरनेशनलको बारेमा
सिंगापुरमा मुख्यालय रहेको एण्ट इन्टरनेशनलले ग्लोबल कर्मसमा विशेष जोड दिँदै सबै प्रयोगकर्ता र व्यवसायहरुका लागि डिजिटल सेवा प्रदान गर्न कार्य गर्दै आएको छ । विभिन्न पार्टनरहरु सँगको सहकार्यमा एण्ट इन्टरनेशनलले डिजिटल भुक्तानी र वित्तीय सेवाहरूको विश्वव्यापी रुपमा मर्चेन्टहरुलाई सहयोग गर्दै आइरहेको छ ।
Alipay+ को बारेमा
Alipay+ बोर्डर मोबाइलभुक्तानी र डिजिटलाइजेशन टेक्नोलोजीको एक सञ्जाल हो जसले विश्वव्यापी मर्चेन्टहरुलाई उपभोक्ताहरूसँग जोड्न मद्दत गर्दै आइरहेको छ ।
उपभोक्ताहरूले विदेश यात्रागर्दा आफ्नो डोमेस्टिक भुक्तानी माध्यमहरू प्रयोग गरि सहज भुक्तानी गर्न सक्छन् । साना तथा मध्यम व्यवसायहरूलाई प्राथमिकतामा राखी त्यस्ता व्यवसायकोे दक्षता वृद्धि गर्न Alipay+ को डिजिटल उपकरणहरूले उल्लेख्य भूमिका खेल्दै आएको छ ।
For More:-Cross Border QR Tourism Payments