रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश
३ पुस २०८२, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालत बुटवलले आदेश दिएको छ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतले लामिछानेलाई २ करोड ६८ लाख रुपैयाँ जमानत बुझाएमा थुनामुक्त गर्न आदेश दिएको हो। साथै, सोही मुद्दामा अदालतले थप १ करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ।
न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको हो। सुनुवाइका क्रममा लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाऊँ भनी निवेदन दिएका थिए।
अदालतको आदेशअनुसार तोकिएको जमानत तथा धरौटी रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन्।
For More:-Rabi Lamichhane Court Order



