१० असार, काठमाडौं।
मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमै सञ्चालीत मेलामा करीब ३ हजारदेखी ४ हजारले अवलोकन गरेका छन् । मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (#आइएलओ)का विज्ञद्वारा करबि २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको छ ।
समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको अवसरको लाभ लिएकामहासंघले बताएको छ ।
मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुती पनि भए । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि अपेक्षाअनुसार नहुनुलाइ महासंघले सिकाइको रुपमा लिएको छ ।
यद्यपी सहकारीको ३० वर्षे ईतिहासमा पहिलो मेला गर्न र सहकारीबनरे सकारात्मक शन्देश दिन सफल भएको महासंघकी अध्यक्ष महासंघकी अध्यक्ष ओमदेवी मल्ल बताउछिन् ।
मल्ल भन्छिन्,‘हामीले यो मेला पहिलो पटक गरेकाले कति गर्न चुक्यौं वा कती सफल भयौं ?तर शुरुवात ग¥यौं । आगामी वर्षमा भने व्यवस्थित गर्दै जाने छौं ।’ सडक र सदनमा समस्यामा रहेका सहकारीबारे चर्चा भैरहदा कृषि, पर्यटन लगायत क्षेत्रमा पनि सहकारी छ भनेर मेलामार्पmत बुझाउन सफल भएको उनको भनाइ छ ।
मेलामा करीब २९ ओटा स्टलहरुमार्फत विभिन्न उत्पादीत सामाग्रीहरु प्रदर्शन समेत गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाईनबाट सिभि संकलन गरेको महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले जानकारी दिईन ।
‘महासंघकै गुगलमार्फत आईटि, फाईनान्स, एकाउन्ट अफिसर लगायतको रोजगारीका लागि आवेदन परेको छ । कतिले गरेभन्ने तथ्यांक केहि दिन पछि आउँछ । सहकारी संस्थाहरुले खोजी गरिरहेकाले अब आवेदन परेकाबाट महासंघमार्फत समन्वय गरिदिने छौं ।’ उनले भनिन् ।
महासंघले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्ने तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्न मेलाको आयोजना गरेको हो । स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरूको लागि नेटवर्किङको काम सो मेलालेगरेको आयोजकको भनाइ छ ।
मेलाको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नुपर्ने भन्दै केहि व्यक्तिहरुले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्नेतर्फ ध्यानाकर्षण गराए ।
सहकारीले किसानबाके उत्पादन विक्रि गर्ने वातावरण तय गरेको समेत उनले बताए । यसैक्रममा मन्त्री अर्यालले भने, ‘चार खर्ब भन्दा बढी बचत सहकारीमा छ ।
नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाय कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकायो । सहकारीका कारण कति उद्यमी बनेका छन् ।
यस क्षेत्रमा सहकारीको आवश्यक छ ।’ केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न नमिल्ने मन्त्री अर्याको भनाइ छ ।
उनका अनुसार केहि मानिसहरु सहकारीको बदनाम गर्न लागिरहेका छन् । उनी जोड दिंदै थप्छन्, ‘सहकारीको बदनाम गर्ने बित्तीकै सहकारी नराम्रो भन्ने खालको भाष्य स्थापना गर्न दिन हुँदैन ।
केहि व्यक्तिले सहकारीमा नराम्रो काम गर्दैमा सबै सहकारीलाइ नराम्रो भन्न मिल्दैन।,’ सहकारीले देशमा गरेको योगदानबारे बहस गर्नु पर्ने उनले सुझाव समेत दिए ।
सहकारीले भोलीका दिनमा कसरी काम गर्ने र सहकारीलाइ कसरी अब चलाउने भन्नेबारे चर्चा गर्न ढिला गर्न नहुने उनले बताए ।
यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थाहरुमा नराम्रो गर्न खोज्नेहरु टिक्न नसक्ने बताएका छन् ।
उनका अनुसार राजनीतिक दलभित्र पनि सहकारी अर्थतन्त्रको एउटा खम्बा सहकारी हो भन्ने नबुझ्ने पनि छन् । ‘केही सहकारी संस्थाहरुले नराम्रा पनि गरेका छन् । गलत कामको ढाकछोप गर्न जो जो लाग्नु हुन्छ उनीहरुलाइ कारबाही हुनुपर्छ।
सहकारी बढिरहने भएकाले सहकारी ढुक्कले अगाडी बढ्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न सक्दैन,’ उनले भने । यसैक्रममा उनले सरकारले सहकारीको अनुगमन नगरेको समेत आरोप लगाए ।
उनले सुझाव दिंदै भने, ‘अनुगमनको काम सरकारले नै गरेको छैन । सहकारीको बदनाम गराउनेहरु कहिले पनि यस क्षेत्रमा नफर्किनु होला। यस क्षेत्रलाइ राम्ररी अगाडी बढ्न दिनु होला ।’
यस्तै, कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार दिपकबहादुर बास्कोटाले बल्ल सडकदेखी सदनसम्म सहकारीबारे चर्चा हुन थालेको बताए । पशिला चाहेर पनि यस्तो नभएको भन्दै अहिले केहि सहकारबिो बदमासीका कारण सहकारीको नकारात्मक विषय सडकदेखी सदनसम्म पुगेको उनको भनाइ थियो ।
यसले सहकारीलाई सच्चिने मोका दिएको उनले बताए । ‘अहिले चुनौतीका वावजुद सहकारीहरुले सहि दिशा लिएर अघि बढ्ने राम्रो अवसर हो ।’ बासकोटाले भने ।
मेलाको पहिलो दिन उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आम सहकारीवालाहरुलाई भावनात्मक एकता कायम गर्न अनुरोध गरेका थिए ।
नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् । जसमा ५६ प्रतिशत महिला सहभागिता छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने फिलिपिन्स पछिको दोस्रो मुलुकमा पर्दछ ।