३ साउन काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने बताए।
Communications Minister Gurung Special Plan
बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२–०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा बताए ।
उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको बताए ।
ठुला राजनीतिक दल एकताबद्ध हुनु पर्ने स्थिति देशमा बनेको उहाँले धारणा राखे । ‘राष्ट्रिय आवश्यकताले गर्दा हामी यो गठबन्धनमा सामेल छौँ’, उनले भने ।
देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेका गुरुङले बताए ।
विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उनले जोड दिए।
‘प्रतिपक्षमा बसेको माओवादी केन्द्रको पनि सहमतिको आधारमा सबै राष्ट्रिय समस्याको समाधान गर्ने प्रयाश सरकारले गर्छ,’ उनले भने ।
उहाँले अहिले बेजेट आइसकेकोले धेरै ठुलो अपेक्षा नगर्न आग्रह गरे।
यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउनको लागि सरकारले काम गर्ने उनले बताए ।
‘सुखी नेपाली समृद्ध, नेपालको अभियानलाई साकार पार्ने कुरामा हामी लाग्छौँ’, उनले भने ।
अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने उनले बताए।
राजनीतिक अस्थिरताको कारण अवसरवादी गठबन्धन भइरहेकोले त्यसलाई अन्त्य गरेर जनतामा टुटेको विश्वास फर्काउनको लागि आफूहरूले सकेको काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ठाउँमा उभिने बताए।
For more: Communications Minister Gurung Special Plan