Code for Change ले शुरु गर्यो Virtual Tech Conclave

Tech Conclave 2020
Share It On:

३१, साउन २०७७, काठमाडौं

Code for Change ले ‘Tech Conclave 2020’ शुरु गरेको छ। Lockdown ले प्रभावीत बनेको विश्वको अवस्थालाई मध्य नजर गर्दै नेपालमा भने Technology को क्षेत्रमा केहि सहुलियत पुगोस भन्ने उदेश्यका साथ नेपालमै पहिलोपटक virtual tech event शुरु गरेको हो।

Code for Change विगत केहि वर्ष देखि नै प्रविधिसंग जोडिएर आफ्नो अध्ययन अध्यापनलाई अगाडि बढाइरहेका विधार्थीहरुका लागि विभिन्न व्यक्तिगत तथा व्यावसायिक ज्ञान प्रदान गर्दै आइरहेको छ र यसै क्रममा Lockdown ले धरासाही भएको नेपालको शैक्षिक क्षेत्रलाई केहि टेवा पुगोसर प्रविधिमा मान्छेहरुको ध्यान केन्द्रित होस भन्ने अपेक्षाका साथ virtually tech event गर्न थालेको हो।

Covid -19 बाट अस्त व्यस्त भई lockdown को अवस्थामा रहेको नेपालमा भौतिक उपस्थितिमा यस्ता कार्यक्रम गर्न सम्भव नभए पछी Code for Change ले नेपालमै पहिलोपटक यस virtual कार्यक्रम गर्न थालेको छ भने, निष्क्रिय भई बसिरहेका बिधार्थिहरुलाई सक्रिय बनाउनु, विभिन्न व्यवसायका उपाएहरु लिनुदिनु, Online खेलहरु खेलाएर मानिसहरुलाई मानसिक रुपमा स्वच्छ राख्न मद्दत गर्नु र विभिन्न बिधार्थीहरुले गर्नु भएका परियोजनाहरुको बढुवा गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको Code for Change का परियोजना प्रमुख निराजन क्षेत्रीले बताउनु भयो।

कार्यक्रममा आज श्रावण ३० गते बाट शुरु भएको र उक्त कार्यक्रम यहि श्रावण ३२ गते सम्म संचालन हुने समेत उहाले बताउनुभयो।

हिजोबाट संचालित उक्त कार्यक्रममा विभिन्न विशिस्ट व्यक्तिहरुको उपस्थिति तथा प्रस्तुति रहेको थियो भने विभिन्न २०० भन्दा बढी सहभागीहरु रहेका थिए, उक्त कार्यक्रममा बन्दाबंदिमा विधार्थी र विश्वविधालयहरुको अवस्था, वैकल्पिक उपाएहरु र प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने कुरा आएको थियो भने उधमशिलतामा कसरि र कहाँबाट शुरु गर्ने जस्ता कुराहरु समेत सिकाइएको थियो र त्यति मात्रै नभए र स्थानिय र विकेन्द्रित शिक्षाको बारेमा पनि विश्लेषण गर्दै नेपालमा रोजगारका अवसरहरु र त्यसमा प्रविधिको सम्बन्ध समेत स्पस्ट पारिएको थियो। यस संगै विभिन्न Quiz, PUBG जस्ताखेलहरु समेत खेलाईएको थियो।

उक्त कार्यक्रम थप दुई (२) दिन सम्म चल्ने र ति दुई दिनमा अझै उधमशिलतामा अगाडी बढ्न प्रोत्साहन गर्ने , शिक्षा प्राणालिको विश्लेषण तथा वैकल्पिक उपाएहरुको खोजि गरिनेछ भने विधार्थीहरुले गर्नुभएको परियोजनाहरुको बढुवा गर्ने हेतुले विभिन्न परियोजनाहरु समेत प्रस्तुत गरिने छ र रमाइलोको लागि PUBG र Quiz कोअ न्तिम भाग समेत खेलाइने भएकोले सबै इच्छुकहरुलाईउ क्त कार्यक्रमा उपस्थित हुन समेत आव्ह्वान गरिएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *