सीएनआई र सुदूरपश्चिम प्रदेश सरकारबीच छलफलः लगानी सम्मेलनमा सहभागिताका लागि मुख्यमन्त्रीको आग्रह

cni sudurpaschim government discussion
Share It On:

 १७ भदौ, काठमाडौं।

नेपाल उद्योग परिसंघ (#CNI) र सुदूरपश्चिम प्रदेश सरकारबीच सोमबार लगानी र विकास सम्मेलन केन्द्रित विशेष छलफल सम्पन्न भएको छ । राजधानीस्थित परिसंघ सचिवालयमा आयोजित छलफलमा प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गरे।

लगानीमैत्री वातावरणको प्रतिबद्धता

मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने र लगानीकर्ताको सुरक्षा गर्ने आश्वासन पारे।

उहाँले उद्योगका लागि जग्गा खरिद गर्न नसक्ने लगानीकर्तालाई सरकारले जग्गासहित सडक, बिजुली, पानीलगायत आवश्यक पूर्वाधार उपलब्ध गराउने स्पष्ट पार्नुभयो ।

“उद्योगका लागि कति जग्गा चाहिन्छ भन्नुहोस्, प्रदेश सरकारले ग्यारेन्टी गर्छ । बाटो, पानी, बिजुली हामी पुर्‍याइदिन्छौं, तपाईँहरुले लगानी गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

निजी क्षेत्रसँग सहकार्य

मुख्यमन्त्री शाहले संघीय सरकार, प्रदेश सरकार र सबै राजनीतिक दल लगानीमैत्री कानुन निर्माणमा एकजुट रहेको बताउँदै निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट पार्नुभयो ।

सीएनआईको प्रतिबद्धता

परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन सीएनआईले सक्दो सहयोग गर्ने बताए।

उहाँले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी बढ्नुपर्ने आवश्यकता औंल्याउँदै लगानीमैत्री कानुन तथा नीतिगत सहजता भए प्रदेशमा ठूलो लगानी आउने विश्वास व्यक्त गरे।

उद्योगीहरूको सुझाव

पूर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरेर उद्योग स्थापनामा कठिनाइ हुने भएकाले सरकारले सहज प्रक्रिया अपनाए लगानी आकर्षित गर्न सकिने धारणा राख्नुभयो । उहाँले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नुको विकल्प कुनै पनि सरकारसँग नरहेको उल्लेख गरे ।

यस्तै, उपाध्यक्ष राजबहादुर शाहले लगानी सम्मेलन सफल बनाउन आवश्यक समन्वय गर्न परिसंघ तयार रहेको बताउनुभयो । उहाँले लगानी बाहेकका अन्य प्रक्रिया, कानुनी एवं नीतिगत सहजता सरकारले सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । साथै, सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वर भूमी रहेको समेत बताए।

सहभागीहरूको उपस्थिति

सो छलफलमा प्रदेश सरकारका मन्त्री, पूर्व मन्त्री, सांसद, प्रमुख सचिवलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । त्यस्तै, परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, राष्ट्रिय परिषद् सदस्य, उद्योगी तथा महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

For more: cni sudurpaschim government discussion investment


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts