नवनिर्वाचित सिएनआई पदाधिकारीको पूर्व प्रधानमन्त्री देउवासँग छलफल

CNI Officials with Sher Bahadur
Share It On:

८ साउन, काठमाडौं।

नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

सो अवसरमा उहाँले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिदै आएको बताउनुभयो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य लिएको बताउनुभयो ।

यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र वृहद अध्ययन सुरु गरेको जानकारी गराउनुभयो ।

परिसंघले यो उपलब्धी हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्ट रुपमा सुझाव तयार पार्ने बताउनुभयो ।

छलफलमा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी हुनुहुन्थ्यो ।

For more: CNI Officials with Sher Bahadur Deuba


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *