२९ भदौ, काठमाडौं।
हालैको घटनाबाट क्षतिग्रस्त बनेका अटो स्वरुमहरुको सरसफाइ कार्य सुरु गरिएको छ। स्थानीय टोली र सरोकारवाला निकायहरुको सक्रिय सहभागितामा स्वरुम भित्र र बाहिरका भागहरूलाई सफा गर्ने काम भइरहेको छ।
स्वरुममा रहेका क्षतिग्रस्त सवारी साधन तथा उपकरणलाई सुरक्षित स्थानमा सार्ने र वरपरको वातावरणलाई व्यवस्थित गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको सरोकारवालाले जानकारी दिएका छन्।
सफाइ कार्यमा स्थानीय समुदाय, व्यवसायी तथा स्वयम्सेवकहरूको समेत उल्लेखनीय सहयोग रहेको छ।
For more: Cleanup Underway Damaged Auto Showrooms