फास्ट इन्टरनेट सेवा दिन डेटा सेन्टर विस्तार गर्दै क्लासिक टेक
३० साउन, काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले प्रयोगकर्तालाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने योजनाका साथ डेटा सेन्टर विस्तार गरेको छ। कम्पनीले बिराटनगरको महेन्द्र चोकमा स्थापना गरेको नयाँ डेटा सेन्टर सञ्चालनमा ल्याएको हो।
यस अघि काठमाडौंको बानेश्वरमा मात्र सीमित रहेकोमा कम्पनीले पहिलो पटक डेटा सेन्टर उपत्यका बाहिर विस्तार गरिएको हो। अबको निकट भविष्यमै बुटवलमा समेत डेटा सेन्टर स्थापना गर्ने गरी आवश्यक तयारी भइरहेको कम्पनीले जनाएको छ।
इन्टरनेट प्रयोगकर्तालाई सहज र उच्च गतिको इन्टरनेट उपलब्ध गराउन कम्पनी डेटा सेन्टर विस्तारमा जुटेकाे बताइएको छ। कम्पनीका अनुसार बिराटनगरमा स्थापना गरिएको डेटा सेन्टर मार्फत पूर्वी क्षेत्रमा रहेका इन्टरनेट प्रयोगकर्ता लाभान्वित हुने छन्।
Advertisement
उक्त स्थानमा सञ्चालनमा आएको डेटा सेन्टरमा फेसबुक, यूट्युव, गूगल, इन्स्टाग्राम, ह्वाट्सएप, नेटफ्लिक्स र अकामाईको क्यास सर्भर राखिएको छ।
उक्त डेटा सेन्टर मार्फत ईन्टरनेट सेवा प्रदान गर्न एक सय जीबी पीए प्रति सेकेण्डको ब्याक बोन नेटवर्क जडान गरिएको छ। कम्पनीले हाल बिराटनगर, विरगञ्ज र भैरहवा नाका बाट इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ भित्र्याइरहेको छ।
कम्पनीका अनुसार बिराटनगरको डेटा सेन्टर मार्फत प्रयोगकर्तालाई लोकल ट्राफिक प्रदान गरिने छ। ग्राहकको माग अनुसार गुणस्तरीय सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने नेटवर्क विस्तार गर्न नजिकै रहेको डेटा सेन्टरमा ‘पेयरिङ’ गरिएको छ।
जसले गर्दा इन्टरनेट सस्तो, गुणस्तरीय र उच्च गतिको हुने कम्पनीको दाबी छ।उक्त डेटा सेन्टरको मर्मत र निगरानीका लागि अनुभवी नेटवर्क तथा स्टिम इन्जिनियर चाैबिसै घण्टा कार्यरत रहेका छन्। साथै, विद्युतको नियमित आपूर्तिका लागि ब्याकअप सिस्टम समेत राखिएको छ।

