नागरिक लगानी कोषका शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा

Citizens Investment Trust Home Loans
Share It On:

१७ मंसिर,काठमाडौँ।

नागरिक लगानी कोषमा आबद्ध हुनेहरुले शाखा कार्यालयहरूबाट समेत आवास र सरल कर्जा पाउने भएका छन् ।

कोषका सबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकम सम्मको आवास र सरल कर्जा दिने गरी कोषले व्यवस्था गरेको छ ।

Citizens Investment Trust Home Loans

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज हुने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो । यसअघि सबै शाखा कार्यालयहरूले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाको कागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो ।

नयाँ व्यवस्था पछि निश्चित रकम सम्मको कर्जा अब शाखा कार्यालय बाट नै उपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्ने कोषले अपेक्षा गरेको छ ।

त्यसैगरी कोषले सहभागीहरू लाई बचत रकमको ९० प्रतिशत सम्म ऋण सापटी दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सापटीको सीमा सहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशत सम्म थियो ।

For More:-Citizens Investment Trust Home Loans


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *