१६ जेठ, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर, स्थित सारंग हेल्थ केयर प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
Citizens Bank Sarang Discount
सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सारंग हेल्थ केयर प्रा.ली. मा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १८ लाख ९६ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
For More:-Citizens Bank Sarang Discount
#सिटिजन्सबैंक #सारंगहेल्थकेयर #स्वास्थ्यसेवाछुट #ललितपुरसेवा #आईसीटीफ्रेम #ग्राहकसेवाअभियान #डिजिटलभुक्तानी #नेपालकोबैंकिङ #स्वास्थ्यरबैंकिङ