सिटिजन्स बैंक र दराज बीच ११.११ अभियानको लागि छुट सम्झौता

Citizens Bank Partners Daraz
Share It On:

२० कात्तिक, काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि. बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यो सम्झौता बैंकका ग्राहकहरुलाई दराजको वार्षिक ११.११ अभियानमा आकर्षक छुटहरू प्रदान गर्न लक्षित गरिएको छ, जसले डिजिटल भुक्तानी र अनलाइन किनमेललाई प्रोत्साहन गर्छ। यो योजना ११ नोभेम्बर २०२४ (कार्तिक २६ गते) देखि लागू हुनेछ।

Citizens Bank Partner Daraz

यो सम्झौता अनुसार, सिटिजन्स बैंकका ग्राहकहरुले दराजमा अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन्। डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकहरुले १५% (अधिकतम रु २,००० सम्म) छुट प्राप्त गर्न सक्नेछन् भने क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकहरुले २०% (अधिकतम रु २,५०० सम्म) छुट प्राप्त गर्न सक्नेछन्। यी छुटहरू ११.११ अभियानको अवधिमा सीमित समयका लागि मात्र लागू हुनेछ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्न विभिन्न ग्राहकमैत्री योजनाहरू संचालनमा ल्याउँदै आएको छ। बैंकले डिजिटल माध्यमबाट भुक्तानी गर्न आफ्ना ग्राहकहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ जसले गर्दा देशभर डिजिटल बैंकिङ्गको पहुँच विस्तार गर्न मद्दत पुग्नेछ।

सिटिजन्स बैंकको शाखा सञ्जाल

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालभर ६० जिल्लामा आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरु मार्फत १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।

For more: Citizens Bank Partner Daraz


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *