सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच छुट दिने सम्झौता

Citizens Bank Partner Aesthetic Aura
Share It On:

१ कात्तिक, काठमाडौं ।

सिटिजन्स बैंक र बानेश्वर, काठमाडौं स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले सिटिजन्स बैंकका ग्राहकहरूलाई आकर्षक छुट उपलब्ध गराउने लक्ष्य राखेको छ।

Citizens Bank Partner Aesthetic Aura Skin

सम्झौतापश्चात, सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५% सम्मको छुट पाउन सक्नेछन्। बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गराउने विश्वास राखेको छ।

सिटिजन्स बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न ग्राहक अनुकूल कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकका ग्राहकहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा पाउन सकिने छुटहरूको विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

सिटिजन्स बैंकले देशभरका ६० जिल्लामा १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइहरुमार्फत करिब १८ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

For more: Citizens Bank Partner Aesthetic Aura Skin


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts