सिटिजन्स बैंकद्वारा लुम्बिनीमा ‘लिडरसिप फर ट्रान्सफर्मेसन’ सेमिनार सम्पन्न

Citizens Bank Leadership Seminar Lumbini
Share It On:

२० भदौ, काठमाडौं। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा “लिडरसिप फर ट्रान्सफर्मेसन इन लुम्बिनीः ए सेमिनार अन ड्राइभिङ पर्फर्मेन्स एण्ड रिजनल एक्सिलेन्स” नामक सेमिनार सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र अन्य वरिष्ठ कार्यकारीहरुको उपस्थिति थियो। सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा र चालु वर्षका प्राथमिकताबारे छलफल गरिएको थियो। साथै, केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा गहन अन्तरक्रिया भएको बैंकले जनाएको छ।

यसअघि अन्य प्रदेशमा पनि यस्तै प्रकारका सेमिनार सम्पन्न भइसकेका छन्। त्यसैको निरन्तरतामा लुम्बिनी प्रदेशमा यो सेमिनार गरिएको हो।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी लगायतका सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। साथै कोषको लागत घटाउने, बेस रेट कम गर्ने र कर्जा जोखिम व्यवस्थापनमा सुधार गर्ने सफलतापूर्वक काम गरेको छ।

बैंकले हालै “बैंक अफ द इयर २०२४” को प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। त्यस्तै, फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो भर्चुअल “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरलाई लक्षित “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” समेत सुरु गरिएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन, ऋण किस्ता भुक्तानी, रिचार्ज नम्बर सेवा र क्रस बैंक टेलर जस्ता सुविधाहरू उपलब्ध गराएको छ।

सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक सेवा प्रदान गरिरहेको छ।

For More:-Citizens Bank Leadership Seminar Lumbini


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *