५ भदौ, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा “ईम्पावरिङ्ग लिडरसिप् इन् बागमती: सेमिनार फर पर्फरमेन्स एण्ड एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ।
यस कार्यक्रममा बैंकका प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू सहभागी भएका थिए। कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समिक्षा गर्दै चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गरिएको थियो। यस अवसरमा केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ पार्ने विषयमा गहिरो अन्तरक्रिया भएको बताइएको छ। यसअघि मधेश प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो भने अब अन्य प्रदेशहरूमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गरिने बैंकले जनाएको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप र खुद ब्याज आम्दानीमा दोहोरो अंकको वृद्धि गरेको छ। यस अवधिमा कर्जा प्रवाह ११.१५ प्रतिशत वृद्धि हुँदै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलनमा ११.६९ प्रतिशत वृद्धि भई कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानीमा पनि ११.२० प्रतिशत वृद्धि भई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ। बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ। सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम रहेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गरेको छ। बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड संचालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एप मार्फत शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ।
देशभरि ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६९ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइमार्फत बैंकले १९ लाख २९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।
For More:-Citizens Bank Bagmati leadership seminar