सिटिजन्स बैंकको लाभांश घोषणा, बोनस कति
१० असोज २०८२, काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको असोज १० गते, २०८२ मा बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजी रु. १४ अर्ब ७६ करोड ९० लाख १२ हजार ९६६ को ५ प्रतिशत ले हुने रु ७३ करोड ८४ लाख ५० हजार ६४८ बराबरको बोनस शेयर समावेश छ।
साथै, उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत ले हुने रु ३ करोड ८८ लाख ६५ हजार ८२३ बराबरको नगद लाभांश समेत वितरण गर्ने निर्णय भएको छ। यसरी बैंकले कुल रु ७७ करोड ७३ लाख १६ हजार ४७१ बराबरको लाभांश प्रस्ताव गरेको छ। यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।
२०६४ साल बैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको र विगत १९ वर्षदेखि वित्तीय सेवा प्रदान गरिरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेपछिको आर्थिक वर्ष २०६५/६६ देखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ, जसको समग्र औसत लाभांश दर ११.८७ प्रतिशत र पछिल्लो १० वर्षको औसत दर १०.५२ प्रतिशत रहेको छ।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२४’ को उपाधि जित्न सफल यो बैंकले हालै सिटिजन्स फोनपे क्रेडिट कार्ड, ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा, तथा क्रस बैंक टेलर सुविधा जस्ता नवीनतम सेवाहरू पनि सञ्चालनमा ल्याएको छ।
बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम. र अन्य बैंकिङ एकाइहरू मार्फत १९ लाख ३७ हजार भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ
For More: Citizens Bank Dividend Bonus