सिटिजन्स् बैंक र दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच समझदारी

Citizens Bank discount agreement
Share It On:

१० साउन काठमाडौं ।

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेल, काभ्रेपलान्चोक स्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Citizens Bank discount agreement Dusit

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५% सम्मको आकर्षक छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Citizens Bank discount agreement Dusit


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts