७ वैशाख, काठमाडौं।
२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरु माझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ ।
Citizens Bank Celebrates 18th Anniversary
यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु २ खर्व ०२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्व परिचालन गरेको छ ।
बैंकले १८औं बार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बैंकलेू रक्तदान नै जिवनदान भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल संगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
डिजिटल बैंकिङ्गमा अग्रसर सिटिजन्स बैंकले “Brick Banking to Click Banking” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालमै पहिलो पटक ‘Cross Bank Teller QR’ सेवा सुरू गरेको छ। यस सेवाबाट अब अन्य बैंकका ग्राहकहरूले पनि सिटिजन्स बैंकको नजिकको शाखामा गई आफ्नो बैंकको मोबाइल बैंकिङमार्फत ‘Cross Bank Teller QR’ स्क्यान गरी तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रियालाई अझ सरल, द्रुत र सुरक्षित बनाउने विश्वास बैंकले लिएको छ।
साथै, बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि Tap & Pay सेवा पनि सञ्चालनमा ल्याएको छ। अब ग्राहकले Offline माध्यमबाट मोबाइलमार्फत नै रू ५,००० सम्मको भुक्तानी सजिलै गर्न सक्नेछन्।
वार्षिकोत्सवकै अवसरमा बैंकले ‘Save Local, Earn Global’ नारासहित ‘Citizens Freelancer Saving Account’ को सुरुवात गरेको छ। विशेष गरी फ्रील्यान्सरहरूलाई लक्षित गरी तयार पारिएको यो खाताबाट ग्राहकले नेपाली रुपैयाँ तथा अमेरिकी डलर (USD) दुबैमा खाता खोल्न सक्ने छन्। यस खातामा उच्च ब्याजदर प्रदान गरिनेछ।
त्यसैगरी, खातामा निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता सुविधा उपलब्ध गराइएको छ। साथै, पहिलो वर्षका लागि OPD सेवामा रू ५,००० सहित रू २५,००० सम्मको स्वास्थ्य बीमा तथा दुर्घटना मृत्यु बीमा पनि प्रदान गरिने बैंकले जनाएको छ।
१८ वर्षे यात्रामा ग्राहकहरुको साथ र विश्वासप्रति आभार प्रकट गर्दै बैंकले आगामी दिनमा अझ नवीनतम प्रविधिसहित सहज, द्रुत र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
For More:-Citizens Bank Celebrates 18th Anniversary