सिटिजन लाइफको वार्षिकोत्सवमा बीमा साक्षरता कार्यक्रम सम्पन्न

Citizen Life Awareness Program
Share It On:

 ९ असोज, काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौं वार्षिकोत्सको अवसरमा बीमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ४ अमराईस्थित उद्योग वाणिज्य संघको सभाहलमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

Citizen Life Awareness Program

उक्त कार्यक्रममा शितगंगा नगरपालीकाका नगर प्रमुख , वडा अध्यक्ष , प्याब्सन अर्घाखाँची अध्यक्ष , उद्योग वाणिज्य संघ शितगंगा अध्यक्ष , नगर कार्ययालिका सदस्य, वडा सदस्य तथा स्थानिय बुद्धिजिबी समाजसेवी व्यापारी शिक्षक प्रध्यानाध्यापकहरु, विभिन्न संघ संस्थाका अध्यक्ष, कर्मचारी तथा प्रवन्धक गरी ८५ जना को उपस्थिति रहेको थियो  ।

कार्यक्रम मार्फत् स्थानीय स्तरमा बीमाको महत्व र फाइदाबारे स्पष्ट पारिएको कम्पनीले बताएको छ । यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय सुरक्षा, आर्थिक सशक्तीकरण र दीर्घकालीन सुरक्षित भविष्य निर्माणमा बीमाको भूमिकाबारे जागरुकता फैलिने विश्वास कम्पनीले लिएको छ । कार्यक्रममा सहभागीहरूले बीमाको महत्व र आवश्यकता प्रति गहिरो चासो र उत्साह देखाएको कम्पनीले जनाएको छ ।

For More:-Citizen Life Awareness Program 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *