३५००१ मा एसएमएस गरेर एसईईको नतिजा हेर्न सकिने
असार १२, काठमाडों ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाआज बिहिबार सार्वजनिक गर्ने तयारी गरेको छ । ३५००१ मा एसएमएस गरेर एसईईको उक्त नतिजा हेर्न सकिनेछ ।
एसईई को नतिजा सार्वजनिक भएलगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेर सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई (SEE) टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनु पर्नेछ।
Advertisement
यस वर्षको एसईई परीक्षा २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको थियो । उक्त परीक्षामा देशभर बाट करिब चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए ।
देशको अग्रणी एसएमएस संस्था स्प्यारोले विगत ९ वर्ष देखि एसएमएस सेवामार्फत विद्यार्थीहरूलाई आफ्नो परीक्षा नतिजा प्राप्त गर्न मदत गर्दै आइरहेको छ । अझै पनि इमेल र इन्टरनेटको पहुँच सहज नभएको हाम्रो मुलुकमा एसएमएस सेवा विभिन्न परीक्षाका नतिजाहरु प्राप्त गर्ने र सन्देश प्रवाह गर्ने एउटा लोकप्रिय माध्यम हो ।

