नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन

Chairman of Nepal Insurance Authority
Share It On:

२१ भदौ, काठमाडौं।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।

नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले ७ दिनभित्र आवेदन दिने समय सीमा तोकेको थियो। सोही अनुसार आएको आवेदन सूची सार्वजनिक भएको हो।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई, र महेश्वर न्यौपाने रहेका छन्।

बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिले २०८२ भदौ १३ गते दरखास्त आह्वान गरेको थियो।

For More:-Chairman of Nepal Insurance Authority


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *