नाडा अटो शो २०८१ मा सीजी मोटोकर्पले सार्वजनिक गर्ने एपिक न्यू सुजुकी स्विफ्ट

CG Motocorp New Suzuki
Share It On:

९ भदौ, काठमाडौं ।

सीजी मोटोकर्पले नाडा अटो शो २०८१ मा एपिक न्यू सुजुकी स्विफ्ट सार्वजनिक गर्दैछ। नयाँ स्विफ्टमा आकर्षक एक्सटेरियर, आरामदायी क्याविन, आधुनिक सेफ्टी सिस्टम, र पावरफूल जेड–सिरिज इन्जिन जस्ता अत्याधुनिक फिचरहरू समावेश गरिएका छन्।

CG Motocorp New Suzuki Swift at NADA Auto Show 2081

२००५ सालमा लन्च भएदेखि नै स्विफ्ट, नेपाली अटोमोबाइल क्षेत्रमा स्टाइल र स्पाेर्टिनेसको पर्यायबाचिको रुपमा रहदै आएको कम्पनीकाे भनाइ छ । स्विफ्टलाई नेपाली ग्राहकहरूले यसको स्पोर्टी लुक्स, शक्तिशाली इन्जिन, प्रशस्त क्याबिन स्पेस, र ड्राइभर–मैत्री ह्यान्डलिङका कारण रुचाएको कम्पनीकाे दाबी छ। नयाँ एपिक स्विफ्टको नयाँ जेड–सिरिज इन्जिन आधुनिक पावरट्रेन हो। एपिक नयाँ स्विफ्टमा थुप्रै नयाँ युगका प्रविधि र फिचरहरु समाबेश गरिएको छ।

कम्पनीका अनुसार नयाँ स्विफ्टको विशेषताहरुलाई पाँच प्रकारले परिभाषित गर्न सकिन्छ ।

१. आकर्षक एक्सटेरियर

२. आरामदायी क्याविन

३. आधुनिक सेफ्टी सिस्टम

४. रमाइलो ड्राइभिङ अनुभव र

५. उन्नत प्रविधि

यसमा प्रयोग गरिएको नयाँ ‘र्याप अराउण्ड क्यारेक्टर लाइन’ स्विफ्टलाई अझै स्पोर्टी र स्टाइलिश बनाएकाे छ । क्याबिनमा ‘सेन्टर फ्लोटिङ डिजाईन’ सहितको नयाँ लेआउट छ । स्विफ्टको सिगनेचर सिल्हाउटलाई कायम राख्दै नयाँ स्विफ्टमा  एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुम-याङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय व्हिल्सले स्विफ्ट को लुक्स अझै फ्यूचरिस्टिक बनाएको छ ।

ड्राइभर ओरिन्टेड ड्यासबाेर्ड ८–डिग्रीको झुकावले ड्राइभर र कारको बीचमा मेल उत्पन्न गर्छ भने २२.८६ से.मी.(९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, पछाडिको सीट यात्रुहरूको लागि छिटो चार्ज गर्न सकिन्छ । ए र सी प्रकारको यूएसबी पोर्ट, पछाडिको एसी भेन्ट्स, क्रूज कन्ट्रोल, ६०ः४० पछाडिको सीटर कीलेस इन्ट्री दिइएकाे छ ।

कम्पनीका अनुसार ड्राइभर र यात्रुहरूको सुरक्षालाई बिशेष ध्यानमा राखी न्यू स्विफ्टमा विभिन्न एक्टिभ र प्यासिभ फिचरहरु समावेश गरेको छ । स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू जुन सबै भेरियन्टमा ६ वटा एयरब्यागहरू, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम+ (ESP®), हिल होल्ड असिस्ट, एण्टी–लक ब्रेकिंग सिस्टम (ABS) संग इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रीब्युसन (EBD) र ब्रेक असिस्ट, ३–प्वाइन्ट सीटबेल्टहरू सबै सिटहरूमा रिमाइन्डरसहित समावेश छन् जुन सबै भेरियन्टमा उपलब्ध हुनेछन् । यसबाहेक, यो प्रीमियम ह्याचब्याकमा थप सहजताको लागि वाइड भ्यूसहितको रिभर्स क्यामेरा पनि समावेश गरिएको छ ।

सुजुकीले स्विफ्टमा पहिलो पटक आफ्नो नयाँ जेड–सिरिज इन्जिनको प्रयोग गरेको छ। यो अत्याधुनिक इन्जिन पावरफूल मात्र नभई यसले सेग्मेन्टमा सबैभन्दा धेरै २५.७५ कि.मि/लि सम्मको माइलेज प्रदान गर्नेछ जुन पुरानो स्विफ्ट भन्दा १४%ले ज्यादा हुन्छ। यसको low –end torque र राम्रो एक्सिलरेसनले नेपाली सहरी ड्राइभिङ कन्डिसनमा चलाउन सजिलो हुनेछ।

यसमा नयाँ जेनेरेसनको वायरलेस एप्पल कारप्ले® र एन्ड्रोइड अटो™३ सहितको २२.८६ सेमी (९ इन्च) स्मार्टप्ले प्रो+ इन्फोटेन्मेन्ट सिस्टम, ARKAMYS सराउन्ड सेंस र वायरलेस चार्जर पाउन सकिनेछ ।

नयाँ 4th जेनेरेसन स्विफ्टले आफ्नो स्टाइलिस लुक, आधुनिक फिचर, पावरफूल इन्जिन, उत्कृष्ट माइलेज र सुरक्षा सुविधाहरूले ह्याचब्याकको परिभाषा बदल्ने विश्वास कम्पनीले लिएको छ।

CG Motocorp New Suzuki Swift at NADA Auto Show 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *