सिजी मोबाइलले नेपाली बजारमा ल्यायो नथिङका नयाँ स्मार्ट वाच र एयरबड

CG Mobile Smart
Share It On:

७ असार, काठमाडौं। 

नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन् । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ । वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यस्तै आठ हजार ९९९ बजार मूल्य रहेको बड्स प्रो इयरबड आठ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।

कस्तो छ वाच प्रो ?

१।९६ इन्च एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचको रेजोलुसन ४१०८५०२ पिक्सेल रहेको छ । यसमा ६०० निट्स ब्राइटनेस पाउन सकिन्छ भने ५८ एफपीएसको रिफ्रेश रेट रहेको छ ।

ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा एआई न्वाइज रिडक्टसन फिचर दिइएको छ । ब्लुटुथ कल मात्र गर्ने हो भने यसको ब्याट्री १८ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ । ३४० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाच सामान्य प्रयोगमा १३ दिनसम्म टिक्ने बताइएको छ ।

यसमा भ्वाइस असिस्टेन्ट, माइक्रोफोन र स्पिकर पनि समावेश छ । यो स्मार्टवाचमा स्याटलाइट पोजिसनिङ सिस्टम जीपीएस पनि दिइएको छ ।

स्लिप, स्ट्रेस र एसपीओटु समेत मनिटर गर्न सक्ने यो स्मार्टवाचमा ११० ओटा स्पोर्ट्स मोडहरू रहेका छन् ।

कस्टम डिजाइन राख्न सकिने यो स्मार्टवाचले आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ । अलवेज अन डिस्प्लेको सुविधा रहेको यो स्मार्टवाचमा हेल्थ मनिटरिङ सिस्टम पनि छ । त्यस्तै यसमा मौसम पूर्वानुमान, फाइन्ड माई डिभाइस, फाइन्ड माई वाच, क्यामेरा कन्ट्रोल, फ्ल्याश लाइट, फोन म्युजिक कन्ट्रोल लगायतका फिचर पाउन सकिन्छ ।

सीएमएफ बड्स प्रो

यस इयरबडमा ४५ डेसिबलको हाइब्रिड एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज रिडक्सनको सुविधा छ । इयरबडमा टच कन्ट्रोल सेन्सर पनि छ । यसबाट कल उठाउन, काट्न र म्युजिक फर्वार्ड गर्न सकिन्छ ।

अल्ट्रा बेस प्रविधि राखिएको यो इयरबड्स १० मिनेट चार्ज गर्दा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । एक पटकको फुल चार्जमा यसलाई ३९ घण्टा प्रयोग गर्न सकिने बताइएको छ ।

स्पष्ट आवाजका लागि यसमा छ ओटा एचडी माइक र क्लियर भ्वाइस प्रविधि राखिएको छ । ब्लुटुथ ५।३ भर्सनमा आधारित यो इयरबडले आईपी ५४ रेटिङ पाएको छ ।

च्याटजीपीटी समेत समावेश रहेको सीएमएफ बड्स प्रोमा एआईसँग कुरा गर्न र एआईले भनेका कुरा सुन्न सकिन्छ । गुगल फास्ट पेयर, माइक्रोसफ्ट स्विफ्ट पेयर र इन(इयर डिटेक्सनको विशेष सुविधा पनि यसमा पाउन सकिन्छ । यो इयरबड प्रयोग गर्न नथिङ एक्स एप इन्स्टल गर्नुपर्ने हुन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts