बैंक तथा वित्तीय संस्था अब हप्ताको दुई दिन बिदा: राष्ट्र बैंकको नयाँ निर्देशन
२३ चैत, काठमाडौँ।
नेपाल राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्थाहरूलाई हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयन गर्न औपचारिक निर्देशन दिएको छ।
सरकारी निर्णयअनुसार अब बैंकहरू शनिबार र आइतबार दुई दिन पूर्ण रूपमा बन्द रहनेछन्।
कार्यन्वयनको दायरा: यो नियम ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका सबै बैंक, नेपाल पूर्वाधार बैंक र नेपाल क्लीयरिङ हाउसमा लागू हुनेछ।
नयाँ कार्यालय समय: सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म तोकिएको छ।
बिदाको दिन: हप्ताको दुई दिन (शनिबार र आइतबार) बिदा हुने भएपछि सेवाग्राहीले आफ्नो वित्तीय योजना सोही अनुसार बनाउनुपर्ने हुन्छ।
बढ्दो इन्धन खपत कम गर्ने र खर्च कटौती गर्ने सरकारी लक्ष्यलाई सहयोग पुर्याउन यो कदम चालिएको हो। डिजिटल बैंकिङ सेवाहरू (मोबाइल र इन्टरनेट बैंकिङ) भने बिदाको दिनमा पनि सुचारु रहनेछन्।
For more: Central Bank Two-Day Weekly Holiday


