१६ साउन, काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल)को आयव्यय विवरण सार्वजनिक गरेको छ।
बिहीबार बसेको बैठकमा एनपीएलको गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गर्ने निर्णय गरिएको हो ।
प्रेस विज्ञप्तिअनुसार, लिगबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ भने कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ भएको उल्लेख छ।
बाँकी रहेको ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा भएको क्यानले जनाएको छ । उक्त नाफामध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ ८ वटा फ्रेन्चाइज टिमले पाएका छन् ।
फ्रेन्चाइजलाई बाँडेपछि बाँकी ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँ मध्ये ७० लाख रुपैयाँ प्रदेश क्रिकेट संघलाई छुट्टाइएको छ र २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको आम्दानी रहेको छ।
क्यानले यस प्रतिवेदनलाई आगामी संस्करणहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन उपयोगी आधारका रूपमा प्रयोग गरिने जनाएको छ ।