काठमाडौं, माघ १५
क्यान इन्फोटेक २०१९, मेलाको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद वास्कोटाले गर्नु भएको छ । मेला क्यान महासंघको २५ संस्करण हो ।उद्घाटन समारोहमा मन्त्री बास्कोटाले कम्प्युटर आम नेपाली जनतासम्म पुग्नुपर्ने बताउँदै सूचना प्रविधि अब कुनै वर्ग, व्यक्तिमा सीमित नराखी सर्वसुलभ रुपमा सबैसँग पुग्नुपर्ने बताउनु भयो । मन्त्री बाँस्कोटाले देशमा कनेक्टीभिटी अझै सुलभ हुन नसकेको बताउँदै कनेक्टिभिटी लाईनको मार्ग अझै खुला भइनसकेको बताउनु भयो । मन्त्री बाँस्कोटाले भन्नु भयो ‘‘सरकारलाई कन्भिन्स गर्नु ।
व्याण्डविथ र सेटलाइट राख्ने सरकारको योजना छ । सुःख सुविधा प्राप्त व्यक्तिहरूदेखि २ हजार वृद्धभत्ता लिने दुर्गमसम्मकाहरूको सेवा पु¥याउने वातावरण बनाउनु पर्ने बताउनु भयो । सरकार नियामक निकाय जस्तो मात्र भएको छ । समृद्धि र सुःख जनतासम्म पुग्न पर्छ । सरकारले नबुझेको कुरा सम्झाउनु होस् । सरकार सहयोग गर्न तयार छौं । सरकारले १६ हजार कम्प्युटर किनेर देशको सबै विद्यालयहरूमा पु¥याउँदै छौं । शहरमा बसेर व्यापार गर्न सजिलो छ तर सरकार समेत गाउँमा नसकिरहेको बताउनु भयो । युवा पीँढिहरूका लागि मोवाइल विलासिताको साधान भएको बताउँदै गरिब देशको पैसा बाहिरने चिन्ता छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यस क्षेत्रमा आवद्ध व्यवसायीहरूले ग्राहकहरूलाई सुन्तुष्ती दिन सक्नु पर्छ र जबसम्म सन्तुष्ती दिन सकिदैन तबसम्म सेवाको महत्व नहुने पनि बताउनु भयो ।
नेपाल चेम्वर्स अफ कर्मशका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधिको प्रयोग गरी देशको व्यापार घाटा कम गर्न सक्ने सुझाव दिनु भयो । मल्लले यस क्षेत्रमा आवद्ध व्यवसायीहरू निराश छन् । सूचना पार्क उपयोग विहिन भएको छ । सूचना प्रविधिको क्षेत्रमा हजारौं जनशक्ति तयार भएका छन् । आफ्नै देशमा सूचना प्रविधिको विकास गरी विदेशिएका युवाहरूलाई रोजगार दिने वातावरण बनाउनु पर्ने बताउनु भयो ।
प्रमुख प्रायोजक सुविसु केवल नेटवर्क प्रा.लिका अध्यक्ष सुधीर पराजुलीले आर्टिफिसियल इन्टेजिेन्स सफ्टवयर पहिलो पटक प्रयोगमा ल्याएको बताउनु भयो । एशोसिएटस् स्पोन्सर ई–सेवाकाको तर्फबाट रोशन लामिछानेले इन्फोटेक मेला विगतको भन्दा फरक हुने विश्वास लिएको बताउँदै डिजिटल पेमेन्ट प्रविधिको जानकारी गराउँनु भयो । टिकट काट्ने सहभागीहरू मध्ये ४ जनालाई इन्डोनेशियाको बाली र थाइल्याण्डको बैंककमा हवाई टिकट र खानबस्न सहित सुविधा दिने बताउनु भयो ।
क्यान महासंघका अध्यक्ष हेमन्त चौरासियाले मेला प्रदर्शनीमा राखिएको सूचना प्रविधिहरूबाट सक्दो फाइदा लिन सबैलाई आग्रह गर्नुभयो । क्यान महासंघका महासचिव रञ्जित पोदारबाट मेलामा रोवट व्याटल किम्पिटिशन, इनोभेशन सेन्टर र ड्रोन लगायत विविध आकर्षणहरू भएको बताउनु भयो ।