चितवनमा माघ २५ देखि सूचना प्रविधि मेला हुने

Share It On:

माघ,१०, चितवन । सूचनाप्रविधिमा पहुंँच पुरयाउनुको साथै मानिसको दैनिक जीवन सहज पुरयाउने उद्धेश्यले भरतपुरमा सूचना प्रविधि मेलाको आयोजना गरिने भएको छ । कम्युटर एशोशियसन नेपाल , चितवन शाखाको आयोजनामा यही माघ २५ देखि २९ गते क्यान इन्फोटेक २०७५ मेलाको आयोजना गरिन लागेको हो । चितवनको सम्बृद्धि ः सूचना प्रविधि भन्ने मुल नाराका साथ आयोजना हुन लागेको मेलाको बारेमा आज नारायणगढमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै एशोयिसननका चितवन अध्यक्ष एवं मूल समिति संयोजक भानु शर्माले चितवनमा रहेका हरेक कार्यालय देखि टोलटोलमा सूचना प्रविधिको पहुंँच पुरयाउन र नवीनतम प्रविधिको जानकारी दिने उद्धेश्यले मेलाको आयोजना गरिएको बताए । अघिल्ला बर्षका संस्करण भन्दा पृथक किसीमले प्रस्तुत गरिने बताउंँदै उनले हार्डवेयरका स्टलहरुमात्र नभई सफ्टवेयर विभिन्न कलेजका स्टलहरु रहने बताए । उनका अनुसार यस मेलामा आइडिया हन्ट, सूचना सम्बन्धी अन्र्तक्रिया डिजिटल नेपाल , पव गेमिङ टुर्नामेण्ट , आवर अफ कोड र टट सम्बन्धी कार्यक्रमहरु थप गरिएको छ ।

Press Meet at CAN INFOTECH CHITWAN 2019

यस वर्ष मेलालाई पेपरलेस बनाउन डिजिटल टिकट र स्मार्ट गेट निर्माण गरिँदैछ । मेला प्रवेशका लागि सर्वसाधारणलाई रु ५० र विद्यार्थीलाई रु २५ को टिकट व्यवस्था गरिएको छ । करीब डेढ लाखले मेला अवलोकन गर्ने र रु ७८ लाखको कारोवार हुने आयोजकको लक्ष्य छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts