क्यान महासंघ अर्घाखाँचीको अध्यक्षमा विनोद गैरे

CAN Federation Arghakhanchi
Share It On:

२२ मंसिर २०७९, काठमाडौं।

क्यान महासंघ अर्घाखाँचीको अध्यक्षमा विनोद गैरे। अर्घाखाँची। कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण बुधवार सम्पन्न भएको छ ।

साधारण सभाले बिनोद गैरेको अध्यक्षतामा ८ सदस्सीय कार्य समितिको निर्माण गरेको छ । जसको उपाध्यक्षमा गणपति भुसाल, सचिव प्रकाश भुसाल, सह–सचिव दिपक अधिकारी, कोषाध्यक्ष ऋषिकेश भट्टराई, सदस्यमा बिष्णु प्रसाद भुसाल, मिना पराजुली, र सावित्रा भुसाल चयन भएका छन् ।

यस्तै साधारण सभाले निवर्तमान जिल्ला अध्यक्ष दिपक नेपाली, पुर्व अध्यक्ष भानु पराजुली र कृष्ण बहादुर सुनारलाई सल्लाहाकार समितिमा चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष बिनोद गैरेले सबै जना मिलेर क्यान महासंघ अर्घाखाँचीलाई उचाईमा पु¥याउने बताएका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *