क्यान दोलखाको नयाँ अध्यक्षमा सुदिप घिमिरे

CAN Dolakha
Share It On:

२२ मंसिर २०७९, काठमाडौं।

चरिकोटमा सम्पन्न ११ औं बार्षिक साधारण सभाले सुदिप घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

दोलखाको वैत्येश्वर गाउँपालिका वडा नं ६ स्थायी निवासी घिमिरे काठमाण्डौको बागबजारमा डिआईटी सोलुसन नामक कम्पनी चलाएर कम्प्युटर तथा सफ्टवयर क्षेत्रको बिजनेसमा ख्याती कमाएका छन् ।

यस्तै अधिवेशनले उपाध्यक्षमा सिताराम दाहाल, सचिवमा भरत खत्री, सहसचिव शंकर श्रेष्ठ र कोषाध्यक्षमा कैलाश बुढाथोकीलाई निर्वाचित गरेको हो ।

कार्य समिति सदस्यमा कमला खड्का, नविन काफ्ले, संजीत श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुदिप घिमिरेले सबै जना मिलेर क्यान महासंघ दोलखालाई नयाँ उचाईमा पु¥याउने बताएका छन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *