बीवाईडी नेपालका नाममा नक्कली पेज र वेबसाइट: साइमेक्स इंकद्वारा कानुनी कारबाही सुरु
५ माघ २०८२, काठमाडौं ।
बीवाईडी (BYD) को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले बीवाईडी ब्रान्डको नाममा सञ्चालन भइरहेका नक्कली वेबसाइट र फेसबुक पेजहरूविरुद्ध कानुनी प्रक्रिया सुरु गरेको छ।
‘bydpromotionnepal.com’, ‘BYD Dealler Fans’ र टेलिग्राम समूहहरू जस्ता अनधिकृत माध्यमले ग्राहकलाई भ्रममा पारी ठगी गर्न सक्ने भन्दै साइमेक्सले सचेत रहन आग्रह गरेको छ। आधिकारिक सूचना र अफरका लागि मात्र प्रमाणित डिजिटल प्लेटफर्म र आधिकारिक डिलरहरूको प्रयोग गर्न कम्पनीले Nepalese ग्राहकहरूलाई सूचित गरेको छ।
साइमेक्सका अनुसार यस्ता अनधिकृत डिजिटल माध्यमहरूले गलत सूचना प्रवाह गर्दै विभिन्न अफर, योजना तथा प्रचार–प्रसारमार्फत ग्राहकलाई भ्रममा पार्ने तथा आर्थिक ठगी गर्ने उद्देश्य राखेको आशंका गरिएको छ। यसले ग्राहकको विश्वास, ब्रान्डको विश्वसनीयता र उपभोक्ता सुरक्षामा गम्भीर असर पार्न सक्ने भन्दै कम्पनीले चिन्ता व्यक्त गरेको छ।
कम्पनीले सर्वसाधारण, ग्राहक तथा सरोकारवालाहरूलाई यस्ता नक्कली तथा अनधिकृत डिजिटल प्लेटफर्महरूसँग कुनै पनि प्रकारको सम्पर्क, प्रचार–प्रसार वा आर्थिक कारोबार नगर्न आग्रह गरेको छ।
नेपालमा बीवाईडी सवारीसाधन, अफर, बिक्रीपछिको सेवा तथा विभिन्न अभियानसम्बन्धी आधिकारिक जानकारीका लागि साइमेक्स इंकका प्रमाणित डिजिटल प्लेटफर्महरू र आधिकारिक डिलरहरूमार्फत मात्र जानकारी लिन अनुरोध गरिएको छ।
बीवाईडी ब्रान्डको दुरुपयोग रोक्न तथा ग्राहक एवं उपभोक्ताको हित संरक्षण गर्न अनधिकृत डिजिटल प्लेटफर्महरूविरुद्ध कानुनी तथा नियामक प्रक्रिया अघि बढाइसकिएको र आगामी दिनमा यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै थप कदम चालिने साइमेक्स इंकले जनाएको छ।
For more: BYD Nepal Scam Alert



