बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक, अत्याधुनिक प्रविधि र १५ वर्ष ब्याट्री लाइफको दाबी

BYD Dolphin 2025 Nepal
Share It On:

८ असार, काठमाडौं ।

नेपाली बजारमा चिनियाँ विद्युतीय सवारी ब्रान्ड बीवाईडी को नयाँ मोडलको गाडी ‘डल्फिन २०२५’ सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले आइतबार आयोजित विशेष कार्यक्रममार्फत गाडी सार्वजनिक गरेको हो।

BYD Dolphin 2025 Nepal

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले कम्पनीले नेपाली बजारमा बीवाईडीको विश्वसनीयता अझ मजबुत बनाउने लक्ष्य लिएको जानकारी दिए। “प्रविधिक सेवा सहज बनाउँदै उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि दिन हामी प्रतिबद्ध छौं,” उनले भने।

त्यस्तै, कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले हालसम्म करिब २,५०० युनिट डल्फिन गाडी बिक्री भइसकेको बताइन्। उनले ग्राहकको सन्तुष्टिको आधारमा नयाँ मोडलले थप उपभोक्ता आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले डल्फिन मोडल नेपाली बजारमा लोकप्रिय भएको उल्लेख गरे। उनले भने, “नयाँ डल्फिन २०२५ मा थपिएको प्रविधिले यात्रालाई झनै सहज बनाउनेछ।”

‘डल्फिन २०२५’ का विशेषताहरू:

  • ब्याट्री: ४४.९ किलोवाट आवरको लिथियम आयोन फोस्फेट ब्याट्री, एकपटकको चार्जमा ३४० किलोमिटर रेन्ज

  • मोटर: ७० किलोवाट क्षमताको प्रमानेण्ट म्याग्नेट सिन्क्रोनस मोटर, १८० एनएम टर्क

  • चार्जिङ: १५० किलोवाट डीसी फास्ट चार्जिङ सुविधा

  • फिचरहरू: ३६० डिग्री क्यामेरा, अगाडि र पछाडि पार्किङ सेन्सर, १५.६ इन्च घुम्ने टचस्क्रिन, लेन किप असिस्ट, अनुकूल क्रूज कन्ट्रोल

  • नयाँ थप सुविधाहरू: १२ भोल्टको लिथियम आयोन ब्याट्री (पहिले लिड एसिड), बीवाईडी एप, मोबाइल फोन ब्लुटुथ र NFC, ब्राइट हेडलाइट, सुधारिएको कुलिङ र हिटिङ एसी

उपलब्धता र मूल्य:

सार्वजनिक गरिएको बीवाईडी डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ तोकिएको छ। प्रविधिमा परिष्करण गरिए पनि मूल्य यथावत् राखिएको कम्पनीले जानकारी दिएको छ।

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठका अनुसार कम्पनीले छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएको छ। “हामी ग्राहकको प्रतिक्रियालाई आधार मानेर हरेक नयाँ मोडलमा सुधार गर्दै अगाडि बढिरहेका छौं,” उनले भने।

अन्तर्राष्ट्रिय सफलता:

कम्पनीका अनुसार विश्वभर हालसम्म ८ लाख ३० हजार युनिट बीवाईडी डल्फिन बिक्री भइसकेका छन्। नेपालमा पनि यस मोडलले उल्लेखनीय सफलता पाएको बताइएको छ।

For More:-BYD Dolphin 2025 Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *