बीवाइडीले ल्यायो ‘बडा चाड’ अफर: एटो-३ र डल्फीनमा आकर्षक सुविधा

BYD Bada Chhad Offers
Share It On:

१३ असोज, काठमाडौं ।

बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले आगामी चाडपर्वलाई लक्षित गरी ‘बडा चाड’ अफर सार्वजनिक गरेको छ। यो अफर कम्पनीका दुई लोकप्रिय विद्युतीय गाडी एटो-३ र डल्फीन किन्न चाहने ग्राहकहरूका लागि ल्याइएको हो।

BYD Bada Chhad Offer 2081

यस अफर अन्तर्गत, ग्राहकले एटो-३ र डल्फिन खरिद गर्दा एक वर्षको गाडी बीमा, भेहिकल टु लोड (V2L) केवल र २.३ किलोवाटको ट्राभल चार्जर निःशुल्क पाउनेछन्। कम्पनीले नगद छुट भने दिएको छैन।

बीवाइडीको डल्फिन ह्याचब्याकको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ भने एटो-३ को एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ। साइमेक्स इंकले अहिले डल्फिन र एटो-३ को २०२४ मोडल बिक्री गरिरहेको छ।

अफरका मुख्य विशेषता:

एक वर्षको गाडी बीमा: ग्राहकले गाडी खरिद गरेको एक वर्षसम्मको बीमा निःशुल्क पाउनेछन्। भेहिकल टु लोड (V2L) केवल: यस सुविधाको मद्दतले गाडीबाट अन्य उपकरणहरू चार्ज गर्न सकिन्छ। २.३ किलोवाटको ट्राभल चार्जर: यो चार्जरको प्रयोग गरी सजिलै गाडी चार्ज गर्न सकिन्छ।

थप जानकारीका लागि: BYD Bada Chhad Offer 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *