बीटीएल इंडिया र लिम्बिक एड्भर्टाइजिङ बीच साझेदारी – द सोल्टी होटल काठमाडौंमा सम्झौता हस्ताक्षर

BTL India Partners Limbic Advertising
Share It On:

१४ असार, काठमाडौं ।

नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएल (BTL) ले नेपालकाे लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ।

बजाज ट्युब्स (प्रा.) लिमिटेड जस्तो प्रतिष्ठित भारतीय व्यावसायिक समूहअन्तर्गतकाे बीटीएलले दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमको क्रममा द सोल्टी होटल काठमाडौंमा सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरेको हो।

उक्त दुईदिने कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए।

यो सम्झौता अन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ—जसले ठूलाे भारतीय समूहले सीधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको उदाहरण बनाएको छ।

सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज नेपाल आउनुभई लिम्बिक एड्भर्टाइजिङकाे प्रबन्ध निर्देशक प्रज्ञा शर्मासँग सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो।

“हाम्रो उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनहरूलाई नेपाली घरघरमा पुर्‍याउनु हो। यसका लागि हामीले रणनीतिक दृष्टिकोण राख्ने लिम्बिकलाई विश्वास गरेका छौं,” नवीन बजाजले भन्नुभयो।

अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, influencer मार्केटिङ , POS Branding, र  Brand Consulting काे नेतृत्व गर्नेछ।

“यति प्रतिष्ठित भारतीय समूहबाट सिधै विश्वास प्राप्त गर्नु हाम्रो लागि ठूलो अवसर र जिम्मेवारी हो। उपभोक्ताले उत्पादनको मूल्य बुझून् भन्ने उद्देश्यसहित हामी रणनीति र रचनात्मकतालाई सन्तुलनमा राखेर काम गरिरहेका छौं।

प्राप्त रचनात्मक स्वतन्त्रता र स्पष्ट दिशाको आधारमा हामी नेपालमा बीटीएलका लागि फरक र प्रभावशाली अभियानहरू ल्याउँदैछौं।”,प्रज्ञा शर्मा, प्रबन्ध निर्देशक, लिम्बिकले भन्नुभयो।

बीटीएलका उत्पादनहरू—जसमा टेलिभिजन, एयर कन्डिशनर, र डीप फ्रिजरहरू आदि छन्—दिगोपन, गुणस्तर र किफायती मूल्यका आधारमा निर्माण गरिएका छन्।

अब लिम्बिकको नेतृत्वमा, बीटीएल नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै, विद्यमान ब्रान्डहरूलाई चुनौती दिने नयाँ विकल्पका रूपमा अघि बढ्न लक्ष्य लिएको छ।

For more: BTL India Partner Limbic Advertising


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts