ब्रिटिश एजुकेशन ग्रुपद्वारा कील विश्वविद्यालयको सहकार्यमा बीएससी डाटा साइन्स कार्यक्रमको शुभारम्भ

BSc Data Science Kathmandu
Share It On:

२ भदौ, काठमाडौं ।

ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय (Keele University) सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ।

काठमाडौंको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ।

कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले दीप प्रज्वलनबाट गरेका थिए।

सो अवसरमा एआई र डाटा विषयवस्तुमा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो भने ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा डाटा साइन्सको महत्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा Dolma Fund Management का सीईओ श्री टिम गोचर OBE DL, गूगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी. पार्क, माननीय मनीष झा, र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन प्रमुख अतिथि थिए।

राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू पहिलो हुने र शिक्षा नै त्यस पुलको आधारभूत पूर्वाधार भएको विश्वास व्यक्त गरे।

यसै अवसरमा फिनटेक अलायन्स नेपालद्वारा “नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग” विषयमा प्यानल छलफल पनि सम्पन्न भयो। छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष श्री कैलाश बडु, Wiseyak Inc. का प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक सुरेश मानन्धर, Cedar Gate Services की उपाध्यक्ष (डाटा)  श्वेता कर्ण, eXtensoData का प्रमुख कार्यकारी अधिकृत सुरेश गौतम, र NAAMII की अनुसन्धान सहायक सुश्री अन्जु क्षेत्री (मोडरेटर) सहभागी थिए।

यो बीएससी (अन्स)डाटासाइन्सकार्यक्रमले  नेपालमा छरिएका विशाल डेटालाई व्यवस्थित गर्न र सही दिशाप्रदान गर्न एउटा महत्त्वपूर्ण शैक्षिक पहल सुरु गरेको छ। यस कार्यक्रमकोलक्ष्य देश भित्र उपलब्ध तथ्याङ्कहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन र मार्गदर्शन गर्नु हो।

आगामी सेप्टेम्बर २०२५ सम्म पहिलो ५० जना विद्यार्थीका लागि प्रारम्भिक अफर पनि उपलब्ध रहेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले ब्रिटिश कलेज वा ब्रिटिश इन्टरनेशनल कलेजमा सम्पर्क गर्न सक्नेछन्।

For more: BSc in Data Science Kathmandu


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *