रेडियो नेपालमा २५ औं भाषाको रुपमा दनुवार भाषामा समाचार प्रसारण

Broadcast News Danuwar Language
Share It On:

 २४ असोज, काठमाडौं ।

रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्ने निर्णय गरेको छ, जुन आगामी असोज ३० गते दिनको ३:१५ बजेबाट सुरु हुनेछ। हालसम्म विभिन्न २४ भाषामा समाचार प्रसारण गर्दै आएको रेडियो नेपालले दनुवार भाषालाई थपेर यो २५ औं भाषामा समाचार प्रसारण गर्न लागेको हो।

Broadcast News In Danuwar Language

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा दनुवार भाषाको समाचार शुभारम्भ गरिने छ। रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन्।

रेडियो नेपालले दनुवार जागरण समितिको अनुरोध र भाषा आयोगको सिफारिसलाई ध्यानमा राख्दै बाग्मती प्रादेशिक प्रसारण केन्द्रबाट दनुवार भाषामा समाचार प्रसारणको तयारी गरेको हो। यो भाषालाई नेपालका ६२ जिल्लामा बोलिने प्रमुख भाषाहरुमा मानिन्छ। काभ्रेपलाञ्चोक, सिन्धुली, सिरहा, सर्लाही, धनुषा, लगायतका जिल्लामा दनुवार समुदायको बसोबास रहेको छ।

वि.सं. २०७८ को जनगणना अनुसार, दनुवार समुदायको जनसंख्या ८२,७८४ छ, जुन नेपालको कुल जनसंख्याको ०.२८ प्रतिशत हो।

रेडियो नेपालले भाषा, विषयवस्तु, र जनशक्ति सबैमा थप समावेशी बन्ने उद्देश्यकासाथ यो नयाँ पहल सुरु गरेको हो। कार्यकारी निर्देशक लामाले भने, “दनुवार भाषामा समाचार प्रसारण गर्नु भनेको समावेशी प्रसारणको यात्रामा रेडियो नेपालको एक थप उपलब्धी हो।”

For more: Broadcast News In Danuwar Language


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *