क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको वोर्ड अफ डाइरेक्टर्स मा निर्वार्चित
मंसिर ६, २०७७ काठमाडौं ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष श्री हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स (World Information Technology and Services Alliance – WITSA) को सन् २०२० -२२ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित हुनुभएको छ ।
यहि मंसिर २ गते मंगलबार राति भर्चुअल माध्यमबाट बसेको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो दोस्रो कार्यकालका निम्ति निर्वाचित हुनुभएको हो।
यसअघि उहाँ सन् २०१८ देखि २० सम्मका निमित्त पनि क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित हुनुभएको थियो। चौरासियाले, सन् २०१७ देखि २०१९ सम्म क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गर्नु भएको थियो ।
फेडेरेसन अफ हेलेनिक ईन्फर्मेसन टेक्नोलोजि एन्ड कम्युनिकेसन्स ईन्टरप्राइजेज, ग्रिस बाट प्रतिनिधित्व गर्नुभएका श्री यानिस सिरोसको अध्यक्षतामा निर्वाचित २२ सदस्यीय समितिमा मलेसिया, हङकङ, ताईवान, वर्मुडा, बेलारुस, ब्राजिल, रोमानिया, स्पेन, म्यासेडोनिया, जापान, संयुक्त अधिराज्य, नेपाल, दक्षिण कोरिया, बङ्गलादेश, अर्मेनिया, अर्जेन्टिना, नाइजेरिया, ईजिप्ट, मेक्सिको, क्यानाडा, र कोस्टारिकाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएको छ ।
विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा (WISTA), विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ ।
श्री चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुनुभएकोमा क्यान महासंघ उहाँको सफल कार्यकालको कामना गर्दछ । साथै, विस्टा (WISTA)मा नेपालवाट उंहाको प्रतिनिधित्वले, नेपालमा सूचना प्रविधिसम्बन्धी लगानी भित्राउन मदत पुग्ने विश्वास क्यान महांघको रहेको छ ।

 
                                                                    
 
                                                                     
                                                                    