बिल गेट्सले  दिए माइक्रोसफ्टको सञ्चालक समितिबाट राजीनामा

Gates Leaves Microsoft Board to Focus on Philanthropy
Share It On:

०१ चैत २०७६, काठमाडौं । 

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले माइक्रोसफ्टको सञ्चालक समितिबाट बाहिरिने घोषणा गरेका छन् । परोकारी कार्यमा धेरै समय सक्रिय रहने भन्दै कम्पनीको सञ्चालक समितिबाट राजीनामा दिएको माइक्रोसफ्टले जनाएको छ  । 

माइक्रोसफ्टका अनुसार गेट्स विश्वव्यापी स्वास्थ्य र विकास, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्न चाहन्छन् । माइक्रोसफ्टको सञ्चालक समितिमा नबस्ने घोषणा गर्दै उनले माइक्रोसफ्ट आफ्नो जीवनको महत्त्वपूर्ण अङ्ग भएको र आफूले  निरन्तर सहकार्य गर्ने पनि बताए।

विश्वका दोस्रा सर्वाधिक धनी व्यक्ति मानिने गेट्स सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए भने सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । अब बिल गेट्स प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहनेछन् ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts