बाढीपीडितलाई भाटभटेनीद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोगको घोषणा

Bhatbhateni helps flood victims
Share It On:

 १४ असोज, काठमाडौं । 

भाटभटेनी सुपरस्टोरले हालै आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणलाई १ करोड ११ लाख ११ हजार १११ रुपैयाँको आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

Bhatbhateni helps flood victims

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले यस सहयोग प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताएका छन्। उनले पछिल्लो समय आएको अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित भएको अवस्थाले मुलुकलाई गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै यस दुःखद घडीमा सहयोग गर्नुपर्ने नागरिक जिम्मेवारी भएको बताए।

उनले भने, ‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छु ।’यसबारेमा कम्पनीका चीफ अपरेटिङ अफिसर(सीओओ) पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

कोभिड महामारीको समयमा पनि संघीय सरकार र सातै प्रदेशमा उनले विभिन्न किसिमका सहयोग प्रदान गरेका थिए। अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरूले उद्धार र राहतका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए। साथै, ८० लाख रुपैयाँ बराबरको खाद्यान्न पनि प्रभावित क्षेत्रमा पठाइएको थियो।

कम्पनीका प्रमुख सञ्चालन अधिकारी पानु पौडेलले यस सहयोग रकम सरकारले सञ्चालन गरिरहेको राहत कोषमा हस्तान्तरण गरिने जानकारी दिए।

गत शुक्रबारबाट सुरु भएको अविरल वर्षाका कारण देशभर १९३ जनाको मृत्यु भएको छ भने ३५ भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका छन्। बाढीपहिरोका कारण अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ। मुलुकमा परेको यस अप्ठेरो समयमा सहयोग गर्नु सबैको जिम्मेवारी भएको प्रतिक्रिया भाटभटेनी सुपरस्टोरले व्यक्त गरेको छ।

For More:-Bhatbhateni helps flood victims


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *